
काठमाडौं । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड-२०८१’बाट प्रदान गरिएको छ । उहाँलाई चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड समारोहमा उक्त सम्मान अर्पण गरिएको हो । सोमबार साँझ चाबहिलस्थित चलचित्र विकास बोर्डमा समारोहमा १० हजार १० रुपैयाँसहित प्रथम अभिनेत्री चन्दलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सो सम्मान प्रदान गर्नुभएको थियो । समारोहमा पाँच हजार ५५५ रुपैयाँसहित अग्रज पत्रकार सानुकाजी श्रेष्ठ ‘क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको थियो ।
उक्त अवसरमा नाट्यकर्मी वीरेन्द्र हमाल, गायिका सत्यकला राई, चलचित्र निर्देशक दिवाकर भट्टराई, साउन्ड रेकर्डिस्ट संजय श्रेष्ठ, चलचित्र निर्माता विनोद गुरुङ, चरित्र अभिनेत्री मञ्जु श्रेष्ठ, समाजसेवी डिल्लीमाया गुरुङ, नृत्य निर्देशक शँकर बिसी, शिव विक, समाजसेवी शान्ति सुनार (राज शान्ति), मनु थुक्लुङ पनि सम्मानित गरिएको थियो । यस्तै, रमेश श्रेष्ठ, देवेन्द्र नेम्वाङ, पूर्ण सेलिङ लिम्बु, समाजसेवी शनी लिम्बु, चलचित्र निर्माता धु्रव न्यौपाने, कलाकार मनु थुक्लुङ, गायकहरू हिमाल श्रेष्ठ, नेत्रजी पन्त, हुम गैरे, कमल विरही थापालगायतलाई पनि सम्मान अर्पण गरिएको थियो ।
समारोहमा आधुनिक विधामा सर्वोत्कृष्ट गायकको अवार्ड ‘तिम्रो माया बम गोला’बाट हेमन्त शिशिरले, डायरस्पोरा गायकको अवार्ड ‘मायाको सिमाना’बाट धनकिरण गुरुङले, गीतकारको अवार्ड ‘ब्याथा’बाट विदुरराज गिरीले, संगीतकार ‘ओ माया’बाट पल घलेले प्राप्त गर्नुभएको थियो । यस्तै, आधुनिक गीतमै म्युजिक भिडियो निर्देशकको अवार्ड ‘नुवाकोटे यो झिल्के’बाट मिलन श्रेष्ठ, पुरुष मोडलको अवार्ड ‘चुपचाप’बाट दिक्पाल कार्कीले, महिला मोडलको अवार्ड ‘जुनेली’बाट रिना गुरुङले प्राप्त गर्नुभयो । यस्तै गाउँ प्रवद्र्धन गीतको अवार्ड ‘लकु फोरी’ गीतले, यही विधाको जुरी अवार्ड ‘भुमलीचोक गाउँ’ गीतले पायो ।
सर्वोत्कृष्ट लोकगीत गायिकाको अवार्ड ‘नगर दोमन’बाट सरिता भारतीले र लोक-पप गायकको अवार्ड ‘के होला भोलि’बाट रुद्र शर्माले हासिल गर्नुभयो । यस्तै, चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड लिम्बु चलचित्र ‘सेमेवा’बाट दिलीप फुरुम्बोले, अभिनेताको अवार्ड ‘सेमेवा’ चलचित्रबाट रुद्र पाहिमले, अभिनेत्रीको अवार्ड गुरुङ चलचित्र ‘ह्रोसै ङ्हो’बाट आकृति गुरुङले, चरित्र अभिनेत्री अवार्ड ‘सुगुप’बाट पवित्र तेम्बेले, टेली चलचित्र चरित्र अभिनेत्रीको अवार्ड ‘सक्किगोनी’बाट रश्मी पाण्डेले प्राप्त गर्नुभयो ।
यसैगरी लोक दोहोरीतर्फ गीतकारको अवार्ड ‘दमौलीमा झर’बाट ओम छिनालले, दोहोरी गीत गायकको अवार्ड ‘दमौलीमा झर’बाटै मौसम गुरुङले गायिकाको अवार्ड ‘पुरानो दौतारी’बाट पूजा पेरियारले, गायिकाको जुरी अवार्ड ‘देउरलीमा फूलपाती’बाट कालिका रोकाले, नव गायिकाको अवार्ड ‘गण्डकीको तीर’बाट बीमा सारु मगरले प्राप्त गर्नुभयो । लोक दोहोरीतर्फ नै म्युजिक भिडियो महिला मोडलको अवार्ड ‘समय’बाट कमला बिसीले, पुरुष मोडेलको अवार्ड ‘गोर्खे खुकुरी’बाट लोमश शर्माले, कौडा तथा मौलिक गीत गायकको अवार्ड ‘सानकान्छी’बाट शुक्र तामाङले प्राप्त गर्नुभयो । समारोहमा संगीत संयोजकको अवार्ड ‘पुरानो दौतारी’बाट सुनिल परियारले, संगीत संयोजकको अवार्ड ‘मायाको सिमाना’बाट सुरत प्रधानले प्राप्त गर्नुभयो ।
आदिवासी गीत विधामा म्युजिक भिडियो आदिवासी महिला मोडेलको अवार्ड ‘मिम्जिरे मिक्टोक’बाट मिरा फियाकले, लिम्बु गीतकारको अवार्ड ‘मेन्छायम पालम’बाट सञ्च माया लिम्बुले, लिम्बु गीत गायकको अवार्ड ‘मिम्जिरे तराङ २’ बाट अमर योङहाङ लिम्बुले, गायकको जुरी अवार्ड ‘मिम्जिरे मिक्टोक’बाट विवश नेम्वाङले प्राप्त गर्नुभयो । समारोहमा लिम्बु गीत गायिकाको अवार्ड ‘चौबेस्मा मेछिन’बाट दुर्गा कुमारी लिम्बुले, आदिवासी गीत गायिकको जुरी अवार्ड ‘तुखेसो पन्हा’बाट कर्मिला शेर्माले, लिम्बु गीत गायिकाको पब्लिक च्वाइस अवार्ड ‘तमके हाकपारे’बाट पदम कुमारी फियाकले प्राप्त गर्नुभयो ।
यस्तै, लिम्बु गीत पुरुष मोडलको अवार्ड ‘नारागेन चैत’बाट सुरेन सिसिर केरुङले, लिम्बु गीत पुरुष मोडेलको जुरी अवार्ड ‘मेन्छायम पालम’ महेन्द्रकुमार लिम्बुले हासिल गर्नुभयो । म्युजिक भिडियो चरित्र अभिनेताको अवार्ड ‘ओ माया’बाट टसी गुरुङले, चरित्र अभिनेत्रीको अवार्ड ‘हङकङ चाईना-३’ बाट विमला इवारमले र नेपाल भाषा गीत गायिकाको अवार्ड ‘कटनमारिया रूप छांगु’बाट गंगादेवी महर्जन हासिल गर्नुभयो ।
यस अवार्डको निर्णायकमा चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गायक डेभिड शंकर, गायिका जुनु रिजाल काफ्ले, संगीतकार हर्कुलेस बस्नेत, हास्य अभिनेता शेरबहादुर गुरुङ, बीजेन्द्र नौबागे रहनुभएको थियो । विभिन्न कलाकारको सांगीतिक प्रस्तुति सहितको यो अवार्डको आयोजक एवं चलचित्र निर्देशक उमेश गुरुङले नेपाली चलचित्र र गीत संगीतको प्रवद्र्धनको लागि क्वालिटी फिल्मस्ले चार वर्षदेखि यो अवार्ड गर्दै आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच