
काठमाडौं । चलचित्र ‘जारी २’को इन्डक्ल्याप गरिएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको यो चलचित्रको पाँचथरमा सम्पूर्ण छायांकन ३६औं दिनमा प्याकअप गरिएको हो । निर्माण कम्पनी बाँसुरी फिल्मस्ले यो सिनेमा आगामी बडादशैँको अवसरमा सिनेमाघरमा ल्याउने जनाएको छ । तर, मिति भने खुलाइएको छैन ।
छायांकन सकिएसँगै निर्माण टिमले चलचित्र मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्ससमेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ ।
चलचित्रको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर चलचित्रका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन रहको छ । कवि सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुनुहुन्छ । यस चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई, सिर्जना निङ्लेखुकलगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच