
काठमाडौं । आगामी साउन २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो डेउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । गीतको भिडयोमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड हुनुहुन्छ । बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिनुभएको छ ।
प्रवीन सिंहको छायांकन रहेकोे गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक सानेले ‘सिटामोल’ले आफ्नो करिअर बदल्ने दाबी गर्नुभयो । ‘यो हामीले एकदमै दुःखले बनाएको चलचित्र हो । म दाबी गरेर भन्न सक्छु कि ‘सिटामोल’ले मेरो करिअर बदल्नेछ । मैले बनाएको अहिलेसम्मकै राम्रो सिनेमा समेत सिटामोल हो,’ उहाँले भन्नुभयो । यो चलचित्रले नेपाली समाजको यथार्थ कथालाई प्रस्तुत गरेको निर्देशक सानेको दाबी छ ।
यस चलचित्रमा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेख्नुभएको हो । सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माता हुनुहुन्छ ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोष्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको चलचित्रलाई दिव्य सुवेदीले छायांकन गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच