
काठमाडौं । यही असार २७ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को अमेरिकामा विभिन्न शहरमा विशेष शो गरिएको छ । अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको विशेष सोमा चलचित्र हेर्ने दर्शकले चलचित्रको प्रशंसा गरेका छन् ।
सोमबार राति पिट्सबर्ग गरिएको विशेष सो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरूमा बसोवास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएकोले चलचित्र निकै सुन्दर र हरेक नेपाली भाषी हेर्नुपर्ने बनेको भन्दै दर्शक चलचित्रको तारिफ गरेका थिए ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौलालगायतको अभिनय छ ।
चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपालीको हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ । पद्ममा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’लाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गर्नुभएको हो ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको यो चलचित्रमा सम्पादन बनिश शाह र सिजिआई सत्यम रानाको रहेको छ । चलचित्रमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो हृयङ राईको संगीत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच