
धर्म र राजनीतिबीचको अन्तरसम्बन्ध ठूलो बौद्धिक बहसको विषय रहेको छ । उर्दु साहित्यका नामुद कवि मोहम्मद इकवालले सन् १९३० मा एक अभिव्यक्ति दिँदै धर्म र राजनीतिबीच लक्ष्मण रेखा कोर्न आग्रह गरेका थिए । युरोपेली इतिहासको एक कालखण्डमा धर्मगुरुहरूको राजनीतिमा गहिरो प्रभाव रहेको थियो । धर्म गुरुहरूको राजनीतिमा हस्तक्षेपकारी भूमिकाका कारणले गर्दा युरोपमा क्रिश्चिन धर्म कमजोर हुन पुगे । हुन त धर्मको गहनताको बारेमा क्रिश्चिन र इस्लामभन्दा हिन्दुको अवधारणा फरक पाइन्छ । माहात्मा गान्धीले राजनीति र धर्मको तादम्यताको बारेमा एक नयाँ भाष्यलाई सक्रिय गराएका थिए । वर्तमान परिवेशमा भारत पाकिस्तानको तनावलाई सूक्ष्म विश्लेषण गर्न सैद्धान्तिक बहस गर्नुपर्ने टड्कारो आवश्यक्ता देखिन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रवादको एक नयाँ भाष्यलाई अगाडि बढाएको देखिन्छ । उनले हिन्दुहरू हजारौं वर्षदेखि गुलामी र पछौटेपनमा रहेको भाष्यलाई अगाडि बढाएका छन् । अर्थात् सन् १७५७ मा विट्रिशद्वारा सुरु गरिएको सम्राज्यवाद र उपनिवेशवादलाई मोदीले गुलामीको उद्गम विन्दु मान्न अस्वीकार गरेका छन् । उनले सन् ७११ मा भएको सिन्धमाथि मोहम्मद काशिमको आक्रमण र सन् १२०६ मा दिल्लीमाथि भएको मुशलमानको आक्रमणलाई उपनिवेशवादको सुरुवातको रूपमा व्याख्या गरेका छन् । अर्को शब्दमा भन्ने हो भने भारतमा समेत राज्यको मार्ग निर्देशक सिद्धान्तको रूपमा धर्म नै रहेको छ ।
पाकिस्तानका संस्थापक मोहम्द जिन्हालाई दुई राष्ट्रका सिद्धान्त (टुनेशन थियोरी) का अभियन्ताका रूपमा लिइन्छ । हिन्दु र मुुसलमानलाई पृथक संस्कृतिको रूपमा विष्लेषण गर्दै जिन्हाले भारतको विभाजन पूरै सार्मथ्य र शक्ति लगाउँदै विश्वको भूगोलमा एउटा नयाँ राष्ट्र पाकिस्तान बनाउन सफल भए । जिन्हाको सपना पृथक रहेको थियो । सन् ६२२ मा धर्मको सिद्धान्त अनुसार शासन पद्धति चलाउन इस्लाम धर्मका पर्वतक मोहम्मदले ‘मदिना’ जस्ता राष्ट्र निर्माण गरेका थिए । पाकिस्तानलाई राष्ट्रको रूपमा विकास गर्न जिन्हाले समेत मदिनालाई नै आधारस्तम्भ मानेका थिए । हुनतः इस्लाम अनुसार शासन पद्धति चलाउनुपर्ने अवधारणा सन् १९४० ताका भारतको यु.पी.मा देववन्दी आन्दोलनले सुरु गरेता पनि ती भारत विभाजनको पक्षमा थिएन । १९४७ मा जिन्हाको प्रयोग सफल भए तापनि कालान्तरमा यो असफल भएको पाइन्छ । सन् १९७१ मा भाषाको आधारमा पाकिस्तान विभक्त भई बंगलादेश निर्माण हुनु जिन्हाको सिद्धान्तको असफलताको रूपमा लिन सकिन्छ । तर, आजको मौलिक प्रश्न कठिन रहेको छ । जिन्हाको प्रस्तावना र प्रयोगलाई पाकिस्तानका सैनिक मुखिया र हाल फिल्ड मार्शलबाट ताजपोशी भएका आसिम मुनिरले नयाँ ढंगले व्याख्या गरेको पाइन्छ ।
सन् १९२५ अप्रिल १७ मा दिएको अभिव्यक्तिले भारत-पाकिस्तान सम्बन्धलाई धरापमा नै पारेको छ । आसिम मुनिर अनुसार हिन्दु र मुशलमान पृथक संस्कृतिको सम्बाहक भएकाले गर्दा दुई समुदाय साथसाथ बस्न नसक्ने जिकिर रहेको थियो । सांकेतिक रूपमा अशिम मुनिरको अभिव्यक्ति धर्म युद्धको संकेत रहेको थियो । जानकारहरूका अनुसार मुनिरको यो अभिव्यक्ति एक किसिमले आत्मघाती समेत रहेको देखिन्छ । पाकिस्तनमा सबैभन्दा अधिक अल्पसंख्यकको रूपमा हिन्दु समुदाय नै रही आएको छ । हुन त विभाजनताका हिन्दुहरूको संख्या १७ प्रतिशत रहेको थियो तर सो संख्या तीन प्रतिशतमा झरेको छ । १७ अप्रिलमा मुनिरको अभिव्यक्ति आउनु र २२ अप्रिलमा कश्मीरको पहलगाममा आतंकवादी हमला हुनुलाई भारतीले पक्षले गम्भीरतापूर्वक लिँदै जवाफी कारबाही गरेका थिए । भारतमा समेत पाकिस्तानसँगको सामरिक नीतिमा व्यापक परिर्वतन भएको पाइन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रवादको एक नयाँ भाष्यलाई अगाडि बढाएको देखिन्छ । उनले हिन्दुहरू हजारौं वर्षदेखि गुलामी र पछौटेपनमा रहेको भाष्यलाई अगाडि बढाएका छन् । अर्थात् सन् १७५७ मा विट्रिशद्वारा सुरु गरिएको सम्राज्यवाद र उपनिवेशवादलाई मोदीले गुलामीको उदगम विन्दु मान्न अस्वीकार गरेका छन् । उनले सन् ७११ म भएको सिन्धमाथि मोहम्मद काशिमको आक्रमण र सन् १२०६ मा दिल्लीमाथि भएको मुशलमानको आक्रमणलाई उपनिवेशवादको सुरुवातको रूपमा व्याख्या गरेका छन् । अर्को शब्दमा भन्ने हो भने भारतमा समेत राज्यको मार्ग निर्देशक सिद्धान्तको रूपमा धर्म नै रहेको छ ।
राष्ट्र स्वयं सेवक संघको मुखिया मोहन भागवतले समेत सन् २०२४ एक अभिव्यक्ति दिँदै हिन्दुहरू आफ्नो अस्तित्व र अस्मितालाई बचाउन अविरल रूपमा युद्ध गुर्नपर्ने आग्रह गरेका थिए । बढ्दो धर्मान्तरणले हिन्दु धर्म संकटमा रहेको समेत भागवतको भनाइ थियो । मोदीको राष्ट्रवादसमेत धर्मसँग जोडिएको कारणले गर्दा मुनिरको भाष्यलाई भारतले कडा रूपमा प्रतिवाद गरेको देखिन्छ । पाकिस्तानका अरु सैनिक मुखिया भन्दा ससिम मुनिर फरक रहेको पाइन्छ । इतिहासको कालखण्डमा पाकिस्तानका सैनिक शासकहरू आधुनिक शिक्षाबाट दीक्षित थिए । पाकिस्तानलाई आधुनिकीकरणमा लग्न मोहम्द अैया खान, अैयुव खान र प्रवेज मुसरफ जस्ता शासकले अधिक प्रयाश गरेका थिए ।
इजरायलद्वारा इरानमा गरिएको हमलाका कारणले गर्दासमेत शक्ति सन्तुलनको सिद्धान्त अनुसार पाकिस्तानसँग अमेरिकाले सम्बन्ध र सम्पर्कमा कमी गरेको छैन । पाकिस्तान आर्थिक दिवालीयापनको संघारमा रहेकाले गर्दा अमेरिको सहयोग र सहानुभूतिको आधारमा नै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एसियन विकास बैंकले पाकिस्तानलाई आर्थिक रूपमा भरथेग गरेको पाइन्छ । धर्म राजनीतिमा हावी भएकोखण्डमा समाज अतिवाद, रूदीवाद र पछौटेपनको शिकार हुन सक्दछ ।
पाकिस्तानको सैनिक शासकको इतिहासमा सन् १९८० ताका जियाउल्लहक एक नयाँ प्रयोग गरेका थिए । जियाले सैन्यशक्तिलाई पूर्णरूपमा इस्लामीकरण गर्नुपर्ने योजना र अभियानलाई अगाडि बढाएका थिए । पाकिस्तानी सेनाको रेखदेख र नियन्त्रणमा धर्मयुद्धलाई अगाडि बढाउनुपर्ने जियाको योजना रहेको थियो । भारतलाई पूर्णरूपमा कमजोर बनाउन धर्मयुद्धको उनमादमा उनले धार्मिक युद्धलाई परिचालित गरेका थिए ।
सन् १९७१ ताका भारतसँग युद्ध हुँदा पाकिस्तानका ९० हजारभन्दा अधिक सैनिकहरू भारतको युद्धबन्दी भएको थियो । जियाउल्लहकले यसलाई पारम्परिक युद्धभन्दा गुरिल्ला तरिकाले भारतविरुद्ध धर्मको आधारमा युद्ध गर्नुपर्ने नीतिका साथ अगाडि बढेका थिए । वर्तमान परिवेशमा पाकिस्तानमा सैनिक मुखिया अशिम मुनिर जिच्याका सिद्धान्तलाई अगाडी बढाएको पाइन्छ । माक्र्सवादी भाष्य अनुसार मुनिरले हिन्दुलाई प्रधानशत्रुको रूपमा घोषणा गरेका छन् । सन् १९८० ताका जिच्याको छत्रछायामा नै मुनिरले पाकिस्तानी सेनामा प्रवेश पाएका थिए । कुरानमा महारथ हासिल गरेका मुनिरलाई ‘हाफीजे कुरान’ भनिन्छ । भारत पाकिस्तानको राजनीति र कूटनीतिलाई धर्मले परिचालित गरेको देखिन्छ । भारत पाकिस्तानबीचको तनावमा अमेरिकाको भूमिका समेत प्रश्नको घेरामा देखिएको छ ।
भू-राजनीतिक बनोट र मध्य एसियाको राजनीतिक रसायनलाई मध्यनजरमा राखेर अमेरिका पाकिस्तानको भूमिकालाई नजरअन्दाज गरेको छैन । इजरायलद्वारा इरानमा गरिएको हमलाका कारणले गर्दासमेत शक्ति सन्तुलनको सिद्धान्त अनुसार पाकिस्तानसँग अमेरिकाले सम्बन्ध र सम्र्पकमा कमी गरेको छैन । पाकिस्तान आर्थिक दिवालीयापनको संघारमा रहेकाले गर्दा अमेरिको सहयोग र सहानुभूतिको आधारमा नै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एसियन विकास बैंकले पाकिस्तानलाई आर्थिक रूपमा भरथेग गरेको पाइन्छ । धर्म राजनीतिमा हावी भएको खण्डमा समाज अतिवाद, रूदीवाद र पछौटेपनको शिकार हुन सक्दछ । (लेखक देव परराष्ट्र मामिलाविद् हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच