
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीसँग थुप्रै विमति रहेपनि मिलेर काम गरिरहेको बताउनु भएको छ । मंगलबार धुलाबारी क्याम्पसमा इन्जिनियर संकायको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘काम गरौं भन्ने इच्छा शक्ति भएकै कारण थुप्रै असहमतिका बीच प्रधानमन्त्री ओलीसँग मिलेर काम गरिरहेका छौँ ।’
सुशासन स्थापनामा गम्भीर प्रश्न रहेको महामन्त्री शर्माको स्वीकारोक्ति छ । ‘उच्च ओहोदा र ठाउँमा पुगेका मानिसलाई मुद्दा लागेको छ’ उहाँले भन्नुभयो, ‘यसले मुलुकमा सुशासन स्थापनामा गम्भीर प्रश्न रहेको स्पष्ट हुन्छ ।’ जिम्मेवारी अनुरुपको काम नगर्दा मुलुकमा असन्तोष बढेको उहाँको बुझाइ छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सरकारको प्राथमिकता भएको उहाँले जानकारी दिनुभयो । शर्माले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको काम पेट्रोलपम्प खोल्ने र तेल बेच्ने नभएको बताउनुभयो । उहाँले सरकारको काम जुत्ता उत्पादन गर्ने नभएको स्पष्ट पार्नुभयो ।
‘बाँसबारी जुत्ता कारखाना बेचेर सरकारले ठिकै गर्यो भन्दा मेरो खुब आलोचना भयो, अहिले पनि हुन्छ, जुत्ता बेच्ने मान्छे ए झापापो आएछ भन्छन्, यसमा मेरो टिप्पणी छैन’ उहाँले भन्नुभयो, ‘सरकारले आफैं जुत्ता कारखाना चलाएर निजी क्षेत्रलाई जुत्ता उत्पादन गर्न नदिएको भए निर्यातकि अवस्था सिर्जना हुने नै थिएन । अहिले मुलुकमा कति जोर जुत्ता उत्पादन हुन्छ, कति निर्यात हुन्छ, आलोचना गर्नेलाई थाहा छ ?’
सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली होइन, हार्दिकता बढाउने प्राथमिकता पाउनु पर्नेमा जोड दिनु भएको उहाँले मुलुकको विकासका लागि सुझाव र आइडिया दिन आग्रह गर्नुभयो । उहाँले आसा हराएको समाजबाट कहिँ, कतै केही पनि नबन्ने दाबी गर्नुभयो ।
उहाँले अहिलेकै शासन पद्धति लोकतान्त्रिक गणतन्त्रबाट मुलुक रुपान्तरण हुने दाबी गर्नुभयो । शर्माले नकरात्मक कुरा गरेर मात्रै देश नबन्ने भन्दै उहाँले सबै नागरिकले देश बनाउँछौं भन्ने संकल्पसहित अघि बढे मात्रै देश बन्ने धारणा राख्नुभयो ।
इन्जिनियर स्मारक स्तम्भको झण्डोत्तोलन गरी सो संकायको उद्घाटन गर्नु भएको शर्माले धुलाबारी क्याम्प साझा प्रयासले बनेको र त्यही प्रयास बनाउनु पर्ने मत राख्नुभयो। उहाँले जग्गादाता नमिता बुढाथोकी तथा क्याम्पस संस्थापकहरुलाई सम्मान गर्नु भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच