
काठमाडाैं । इजरायली सेनाले मंगलवार बिहान दक्षिणी गाजा पट्टीको खान युनिसमा सहायताको पर्खाइमा रहेका कम्तीमा ५१ प्यालेस्टिनीको हत्या गरेको छ । खान युनिसको अल-ताहलिया राउन्डअबाउट नजिकै इजरायली आक्रमणमा २ सय भन्दा बढी घाइते भएका छन् ।
जसमा २० जनाको अवस्था गम्भीर छ । घटनाको बारेमा इजरायली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको थियो । इजरायलले आफ्नो हमलाहरू पुनः शुरु गरेदेखि कम्तिमा ५ हजार १ सय ३९ प्यालेस्टिनीहरू मारिएका छन् ।
१६ हजार ८ सय ८२ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५५ हजार ४ सय ३२ पुगेको छ । घाइतेहरूको संख्या १ लाख २८ हजार ९ सय २३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच