
रौतहट । ११ औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा योग शिविर सम्पन्न भएको छ ।
स्थानीय तहमा योग प्रति जागरुकता बढाउने र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले वीरगञ्ज स्थित रहेको भारतीय महावाणिज्य दूतावासको आयोजना तथा दुर्गा भगवती गाउँपालिको सहकार्यमा वुधवार दुर्गाभगवती गाउँपालिका स्थित सरस्वती मा.वी. पिपरा भलोहियाको प्रांगणमा योग शिविर सम्पन्न भएको हो ।
११ औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा साता व्यापी कार्यक्रम अन्तर्गत योग कार्यक्रम मनाउने क्रममा भारतीय महावाणिज्य दूतावासले बुधवार दुर्गा भगवतीमा योग कार्यक्रमको माध्यमबाट हरेक मानिसलाई स्वथ्य रहन अनिवार्य रुपमा योग गर्नुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले योग शिविर कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगञ्जका काउन्सुलर जनरल देवी सहाय मिणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औं महासभामा प्रस्ताव प्रस्तुत गर्दै भन्रुभयाे, “योगले मन र शरीरको एकता, विचार, कर्म, संयम, पूर्णता, मानिस र प्रकृत बीचको सामन्जयस, स्वास्थ्य र कल्याणको लागि एक समग्र दृष्टिकोर्णलाई मुर्त रुप दिन्छ ।' यो केवल शारीरिक व्यायाम मात्र होइन तर आफू, संसार र प्रकृतिसंग एकताको भावना पत्ता लगाउने तरिका पनि हो” भारतीय प्रधानमन्त्री मोदी भनाईलाई उद्धृत गर्दै काउन्सुलर जनरल मिणाले सोही मुलमन्त्रलाई अनुसरण गर्दै भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा ११ औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा योग शिविरको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री सुनील यादवले मानिसलाई स्वस्थ रहन योग अपरिहार्य रहेको भन्दै आज मात्रै न भएर दैनिक योगा गर्नु जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले योगले शारीरिक सन्तुलन, मानसिक शान्ति र मानिसलाइ स्वस्थ राख्न अहम भुमिका खेल्ने भएको साथै समुदायमा समेत स्वस्थ्य चेतना फैलाउन राम्रो पक्ष रहेकोले योगा सबैको लागि आवश्यक रहेको जिकिर गर्नु भयो । साथै अध्यक्ष सिंहले दुर्गाभगवती गाउँपालिकामा योगाको आवश्यक पुर्वाधारको लागि बजेट व्यवस्थापनको लागि मञ्चबाटै प्रदेश सरकारका अर्थमन्त्रिीलाइ आग्रह गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथीको रुपमा मधेस प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री कृष्णा यादव,प्रदेश सभा सदस्य नागेन्द्र साह,प्र.जि.अ विनोद खड्का,नेपाल प्रहरी उपरीक्षक नेत्रमणी गिरी,सशस्त्र प्रहरी उपरीक्षक संतोष बस्नेत, बिरगंज महाबाणिज्य दूतावासका कन्सुल मनिष कुमार दास, दुर्गाभगवती गापाका पुर्व अध्यक्ष अरुण कुमार साह, सहित्यकार तथा पत्रकार श्रीमणनारायण मिश्र,बरिष्ठ पत्रकार प्रभात कुमार झा, लगायतका व्यक्तित्वहरुको सहभागिता रहेकोको थियो ।
पतंजली,युनिलिभर नेपाल,नेपाल एसबिआई बैंक र नेपाल भारत मैत्री संघको सहयोगमा सम्पन्न योग शिविरमा सहभागीहरूलाई विभिन्न योग आसनहरूको अभ्यास गराइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच