
एजेन्सी । साबिक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिगको यो सिजन सन् २०२५-२६ को उद्घाटन खेलमा बर्नमाउथसँग भिड्ने भएको छ । बुधबार सार्वजनिक खेल तालिकाअनुसार लिगको पहिलो खेलमा लिभरपुलले घरेलु मैदानमा बर्नमाउथसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
आर्सनलले भने म्यानचेस्टर युनाइटेडसँग भिड्नेछ । यो सिजन बढुवा भएको सुन्दरल्याण्डले वेस्टहृयाम युनाइटेडको सामना गर्नेछ । जारी सिजनको प्रिमियर लिग १५ अगस्टमा सुरु हुनेछ । पहिलो दिन एक खेलमात्र हुनेछ ।
दोस्रो दिन ६ खेल हुनेछन् । १६ अगस्टमा एस्टोन भिल्लाले न्युक्यासलसँग खेल्दा ब्राइटन र फुलहम भिड्नेछन् । सोही दिन नटिङघम फरेस्टले ब्रेन्टफोर्डसँग खेल्दा सुन्दरल्याण्डले वेस्टहृयाम युनाइटेडको सामना गर्नेछ । टोटनहम हट्सपरले बर्नलीसँग खेल्दा वुल्भसले पहिलो खेलमा नै म्यानचेस्टर सिटीसँग भिड्नेछ ।
अगस्ट १७ तारिखमा चेल्सीले क्रिष्टल प्यालेससँग खेल्दा म्यानचेष्टर युनाइटेडले आर्सनलसँग खेल्नेछ । १८ तारिखमा लिड्सले एभर्टनसँग खेल्ने तालिका छ । प्रिमियर लिग आगामी १६ अगस्टमा सुरु भएर ०२६ को मे २४ मा सम्पन्न हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच