
काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनल खेल शनिबार हुने भएको छ । फाइनल खेल लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने आयोजक नेपाल बास्केटबल संघ (नेबा) ले जनाएको छ ।
उपाधिका लागि गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबबीच फाइनलमा प्रतिस्पर्धा हुँदैछ । ६ टोली सहभागी लिगमा डबल राउण्ड रोबिनको खेलपछि गोल्डनेगेट र टाइम्स शीर्ष दुईमा रहेर फाइनल पुगेका हुन् ।
यसअघि लिग चरणका सबै खेलहरू कीर्तिपुरस्थित कीर्तिपुर कभर्डहलमा खेलाइएको थियो । तर, फाइनल खेल भने लगनखेलस्थित सेनाको कभर्डहलमा खेलाउन लागिएको नेबाका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिनुभयो । ‘फाइनल र तेस्रो स्थानका लागि खेल लगनखेलमा खेलाउनेछौँ । दुवै खेल दिउँसो हुनेछन् । दर्शकहरूका लागि पनि फाइनल खेलको मजा लिने राम्रो अवसर हुनेछ,’ नेबा अध्यक्ष गुरुङले भन्नुभयो ।
आगामी शनिबार प्लेअफअन्तर्गत दुई खेल (फाइनल र तेस्रो स्थानका लागि खेल) हुनेछन् । तेस्रो स्थानका लागि खेल बिहान ११ बजे सुरु हुनेछ । त्यसपछि फाइनल खेल हुनेछ । लिगमा गोल्डेनगेट पहिलो र टाइम्स दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् भने हाउण्ड्स तेस्रो र कीर्तिपुर बास्केटबल क्लब चौथो भएका थिए । अब हाउण्ड्स र कीर्तिपुरले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो स्थानका लागि खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यस्तै, गोल्डेनगेट र टाइम्सबीचको फाइनल खेल दिउँसो साढे ३ बजे सुरु हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच