
काठमाडौं । चलचित्र ‘शुभ विवाह’मा सुदर्शन थापा र प्रदीप खड्काको सहकार्य हुने भएको छ । निर्देशक थापाले खड्कालाई लिएर चलचित्र ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने हुनुभएको हो । निर्देशक थापाले चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ ।
दश वर्षअघि ‘प्रेम गीत’ मा सहकार्य गर्नुभएका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो । ‘प्रेम गीत’ पछि यी दुईमा मनमुटाव समेत बढेको बताइन्छ ।
निर्देशक थापाले यो चलचित्रका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको जानकारी दिनुभयो । ‘शुभ विवाह’ प्रेम कथामा आधारित पारिवारिक कथामा बन्न लागेको थापाले बताउनुभयो । चलचित्रले समाजको मूल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्वलाई दर्साउने उहाँको भनाइ छ ।
चलचित्रका लागि अभिनेत्रीको भने अहिलेसम्म टुंगो लागेको छैन । चाँडै नै अभिनेत्रीलगायत सम्पूर्ण कलाकार तथा प्राविधिक फाइनल गरी छायांकनमा जाने निर्देशक थापाले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच