
काठमाडौं । पछिल्लो समय भित्रिएको एआई प्रविधि नेपालमा चलचित्रको प्रचारमा समेत प्रयोग गर्न थालिएको छ । चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ले प्रचारमा एआईबाट निर्मित हिममानव (यति) प्रयोग गरेको हो । निर्माण युनिटले चलचित्रको प्रचारमा एआई निर्मित हिममानव प्रयोग गरिएको पोष्टर सार्वजनिक गरेको छ । एआई निर्मित हिममानव हलको बक्सअफिसमा पुगेर चलचित्र बारे सोधेको आसयका पोष्टर सार्वजनिक गरिएको हो ।
भदौ २७ गदेखि सिनेमाघरमा आउने मिति तय गरेको यो चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलालगायतको अभिनय छ ।
पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा निर्माण भएको यो चलचित्र सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको हो । चलचित्रलाई सुशान्त गौतमले निर्देशन गर्नुभएको हो । यो उहाँकोे डेब्यु निर्देशन हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच