
काठमाडौं । चलचित्र ‘बाटुलो जुन’मा मोडल तथा चर्चित टिकटकर प्रिन्सी खतिवडाको प्रवेश भएको छ । केही दिनमै छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रका लागि निर्माण पक्षले प्रिन्सीसँग सम्झौता गरेको हो ।
अभिनेता भुवन केसीले निर्देशक गर्न लागेको यस चलचित्रमा प्रिन्सी र अनमोल केसीको मुख्य भूमिका रहनेछ । प्रिन्सीको यो पहिलो नेपाली फिचर चलचित्र हो र यसमा उहाँको प्रमुख भूमिका रहनेछ ।
यस चलचित्रको निर्मात्री जिया केसी हुनुहुन्छ । ‘बाटुलो जुन’ को छायांकन असार र भदौ महिनामा दुई चरणमा हुने जनाइएको छ । पहिलो चरणको छायांकन चित्लाङबाट सुरु हुनेछ । त्यसपछि छोटो विश्राम लिएर भदौमा दोस्रो चरणको छायांकन गरिने निर्देशक भुवन केसीले जानकारी दिनुभयो ।
टिकटकमा अत्यधिक लोकप्रिय रहनुभएकी प्रिन्सीले थुप्रै गीतका भिडियोमा अभिनय गर्नुभएको छ । उहाँले ६० भन्दा बढी नेपाली र आधा दर्जनभन्दा बढी हिन्दी म्युजिक भिडियोमा काम गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच