
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिका कर्मचारी, वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित सबै राष्ट्रसेवक तथा संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय कार्यान्वयनका लागि मन्त्रालयमार्फत् पहल थाल्नुभएको थियो । मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयनमा सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको थियो ।
सोही पत्रका आधारमा स्वास्थ्य बीमा ऐनमा भएको प्रावधान कार्यान्वयन गराउन संघीय मामिलाले पत्राचार गरेको हो ।
पालिकाका राष्ट्रसेवकसँगै वैदेशिक रोजगारीमा जानेको परिवारलाई ऐनको व्यवस्थाअनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार तथा सहजीकरणका लागि आग्रह गरेको पत्रका आधारमा सामान्य प्रशासनले अनिवार्य आबद्धताका लागि पत्र पठाएको उल्लेख गरेको छ ।
यसअघि मन्त्रालयले सबै संघीय मन्त्रालय तथा निकायमा समेत त्यस्तै व्यवस्थाका लागि सघाउन पत्राचार गरेको थियो । जसबाट ऐनमा व्यवस्था भएर पनि हालसम्म लागू हुन नसकेको प्रावधान लागू हुने दिशामा अघि बढेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताउनुभयो । स्वास्थ्य सचिव डा. विकास देवकोटाले बाँकी क्षेत्रमा समेत आबद्धताका लागि मन्त्रालयले निरन्तर पहल गर्ने बताउनुभयो । स्वास्थ्य बीमा ऐन २०७४ मा प्रचलित कानुनबमोजिम राष्ट्रसेवक मानिने व्यक्ति तथा वैदेशिक रोगारमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्ने उल्लेख छ । त्यस्तै, प्रचलित कानुनबमोजिम स्थापना भएका तोकिएका संस्थाले सो संस्थामा कार्यरत व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउनुपर्नेछ भन्ने उल्लेख छ ।
तर, हालसम्म कार्यान्वयनमा नआएको उक्त प्रावधान कार्यान्वयनका लागि नयाँ बजेट तथा नीति तथा कार्यक्रममा राख्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पहल गर्नुभएको थियो । त्यसो भएमा करिब ४० अर्ब रकम स्वास्थ्य बीमा कोषमा थपिने र कार्यक्रमको दिगोपनमा योगदान पुग्ने मन्त्री पौडेलले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच