
काठमाडौं । एभरेष्ट बैंक र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङको चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न एक अर्ब ३६ करोड रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन सम्झौता भएको छ । सम्झौतापत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
मनाङ जिल्लाको नासोङ गाउँपालिकामा निर्माण भइरहेको परियोजना बुटवल पावर कम्पनी लिमिटेडको प्रवद्र्धनमा अघि बढाइएको हो । कम्पनीका अनुसार चाइनिज ठेकेदार कम्पनीलाई इपिसी मोडलमा ठेक्का दिइएको छ । जसअनुसार आयोजनाको दुर्ई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ ।
परियोजनाबाट उत्पादन हुने विद्युत् मनाङको धारापानीस्थित सब-स्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावरबीच विद्युत् खरिद-बिक्री सम्झौता(पिपिए) २०८२ सालको वैशाख महिनामै भइसकेको छ । आयोजना सम्पन्न भएपछि वर्षेनी ४४.४६३ गिगावाट-आवर विद्युत् उत्पादन हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच