मनभरी आत्मविश्वाश राखेर
औंठा छाप सुम्पे तिमीलाई
सुखद् बिहानीको कल्पना मुटुभरी साँचेर
तिमी हिँड्ने बाटोमा फूल विछ्याए
तिमी आउँदौ होला भनेर ।
अनन्त, वीरे शिरेलाई सम्झाई बुझाई
देउराली डाँडोमा बाटो कुर्न पठाएँ
तर घाम अस्ताउन लाग्दासम्म आएनौ
पछि थाहा पाएँ तिमी त
अर्कै बाटो हिँड्न थाले छौ
खै के भनौ र तिमीलाई ।
तिम्रा मीठा कुरा सुनेर लट्ठै पर्दथे
कुपोषणले पीडित सन्तानहरू तङ्ग्रिने आशामा
तिमीलाई औठा छाप लगाए,
सुन्छु तिमी त वैगुनी भयौ रे
आजकल तिमी भात खाँदैनौरे
भुजा ज्यूनार गर्छाै रे
खै के भनौ तिमीलाई ।
धरै भो आँगन कुर्न थालेको
छोरा यूरो र डलरमा पसिना बेच्दैछ
थाहा छ कि छैन
तिमीले दिएका वचनहरूले
तिमीलाई गिज्याइरहेका छन्
तिमी भने परचक्रीसँग रमाएको खबरले
मन अमिलो भएको छ ।
मनले नमानेर अनन्तलाई पठाएको थिए
भरोसाका दुई गुच्छा फूल लिएर
थाहा पाए आजकल तिमी
सुकुलामा हुँदा रहेछौं ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर