
विश्वका शासकहरूको इतिहास र वर्तमानका शासकहरूको प्रवृत्ति हेर्ने हो भने थरिथरिका रूपहरू देख्न पाइन्छ । अत्यन्त विनम्रदेखि ज्यादै क्रूरसम्मका शासकहरू संसारका आमनागरिकले व्यहोर्दै आएका छन् । जनताप्रति पूर्णतः समर्पित शासकहरू खेदिएका र जनतालाई चुसेर आफूमात्रै मोटाउँदै आएका शासकहरूको पूजा हुने गरेको पनि यही विश्वमै देख्न पाइरहिएकै छ । देशलाई खोक्रो पारेर आमसर्वसाधारणको जीवन कष्टपूर्ण बनाउनेहरूको जयजयकार हुने गरेको पनि देखिएकै छ । मुलुकलाई भविष्यका पचासौं वर्षसम्म उठ्न नसक्ने तुल्याउँदा पनि गर्व गर्ने शासकहरू अहिलेको विश्वमा कुनै नौला नहुने भएका छन् ।
यही विश्व हो, सेनाबाट मुलुकको शासन हत्याएर लोकप्रिय भएका उदाहरण पनि पाइन्छ । यही जमाना हो, लोकतान्त्रिक प्रक्रियाबाट चुनिएर सत्तामा पुग्ने र सत्ताप्राप्तिको भोलिपल्टैदेखि तानाशाही शासन सञ्चालन गर्न हरदम प्रयत्न गर्ने शासकहरू पनि भोगिएकै छ । अहिलेकै समय हो, नारा मीठा दिने र काम ठ्याक्कै उल्टा गर्ने शासकहरू पनि विश्वका सर्वसाधारणले देखिरहेका छन् । लोकतन्त्र, जनता र देशलाई आधार बनाएर सत्तामा पुग्ने र कुर्सीबाट निरन्तर जनहितविपरीतका कार्य गरिरहने शासकहरू पनि नेपालले मात्रै होइन, थुप्रै मुलुकहरूले पाइरहेका छन् । निरंकुश भनेकाले देश विकास गरेको र समाजवादीहरूले खोक्रो बनाउँदै लगेका इतिहास र वर्तमान पनि पर्याप्तै भेटिन्छन् ।
इतिहास पढ्ने हो भने आफ्ना छोरा अयोग्य भएपछि जनताका सन्ततिलाई राजाले उत्तराधिकारी चयन गरेको जानकारी मिल्दछ । त्यसका साथै योग्यलाई मिल्काएर घमण्डी सन्ततिलाई उत्तराधिकारी बनाएका र युद्धकै कारण राजाको वंशनाश भएको पनि पढ्न पाइन्छ । आफूले सत्ता लिन दाइले भाइ र भाइले दाइ काटेका वा मारेका इतिहास धेरैले पढेकै विषय हो । कहिले श्रीमतीले श्रीमान्लाई र कहिले श्रीमान्ले श्रीमतीलाई सत्ताका निमित्त देश निकाला गरेका कुराहरू पनि जानकारीमै छन् । जनतामध्येका एकले आफ्नी पत्नीलाई दोषी देख्दा सबै जनताको चित्त बुझाएर शासन गर्ने कसम खाएका राजाले रानीलाई जंगल पठाएको पनि थाहै छ ।
राष्ट्रपतिले आफ्नो कोठाबाट एसी हटाएको र मुलुकका सबै बालबालिकाहरूले पढ्ने कक्षाकोठामा पंखा नजोडिएसम्म आफ्नो कोठामा नराख्ने घोषणा गरेका समाचार पनि सुन्ने गरिएको छ । यही संसारमा आफ्नै दुई कोठे घरमा बसेर मुलुक चलाएका र कार्यकालभरि नै एउटै स्वेटर लगाएका राष्ट्रपति थिए भन्ने पनि सबैको जानकारीमा छ । सार्वजनिक यातायातमा मुलुकका शासक चढेर कार्यालय जाने त सामान्य नै मान्नुपर्ने जस्तो छ ।
बुर्किना फासो भन्ने अफ्रिकी मुलुकमा सेनाका क्याप्टेनले सत्ता सम्हालिरहेका अवस्था छ तर उनको लोकप्रियता बढ्दै गएको बताइन्छ । राष्ट्रपतिले आफ्नो कोठाबाट एसी हटाएको र मुलुकका सबै बालबालिकाहरूले पढ्ने कक्षाकोठामा पंखा नजोडिएसम्म आफ्नो कोठामा नराख्ने घोषणा गरेका समाचार पनि सुन्ने गरिएको छ । यही संसारमा आफ्नै दुई कोठे घरमा बसेर मुलुक चलाएका र कार्यकालभरि नै एउटै स्वेटर लगाएका राष्ट्रपति थिए भन्ने पनि सबैको जानकारीमा छ । सार्वजनिक यातायातमा मुलुकका शासक चढेर कार्यालय जाने त सामान्य नै मान्नुपर्ने जस्तो छ । नागरिकसँग हात मिलाउँदै र फोटो खिचाउँदै बजार डुलेका कुराहरूको त चर्चा नै गर्न पर्दैन । फेरि हाम्रै नजिकका छिमेकी मुलुकका राष्ट्रपतिको निवासमा अर्बौैं रुपैयाँ थुपारेर राखेको पनि देखियो र दशकौंदेखि एकछत्र राज गर्दै आएकी सरकार प्रमुखले देशै छाडेर भागेको पनि ताजा नै छ ।
धेरै टाढा र निकै अघिका समयमा पनि जानु पर्दैन । नेपालकै अति निकटको छिमेकी मुलुक पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले पनि प्रधानमन्त्री हुने बित्तिकै राज्यका नाममा रहेका विलासिताका सामानहरू लिलामीमा राखेका थिए र त्यसबाट प्राप्त हुने रकम देश र जनताका कल्याणमा खर्च गर्ने बताएका थिए । राज्यबाट सुविधा पाउने भनिएका विशिष्टहरू महँगा गाडीहरू चढ्नबाट बञ्चित हुन पुगेका थिए । विडम्बना, सत्य भएरै हो कि राज्यको आँखा लागेर हो, तिनै इमरान अहिले भ्रष्टाचारका विभिन्न मुद्दा खेपेर बसिरहेका छन् । यो बेग्लै कुरा भयो तर सत्तासीन हुँदा सोच भने राम्रै राखेका थिए ।
पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूको त कुरै गर्न पर्दैन । अमेरिका जस्ता देशका पूर्वराष्ट्रपतिहरू जीविकालाई सहज बनाउन विभिन्न पेशामा जोडिने गरेको देखिएकै छ । रुसका धेरै अघिका राष्ट्रपति मिखाइल गोर्वाचोभ र अमेरिकाका बाराक ओबामाहरू विश्वविद्यालयमा पढाउन गएको जानकारीमै छ । विश्वमञ्चलाई नियाल्दा समाजसेवामा लाग्ने पूर्वराष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूको त लर्कै भेटिन्छ । विलासी जीवनभन्दा पनि सर्वसाधारणसरह जीवन यापन गरिरहेका नै अत्यधिक छन् । वर्तमान राष्ट्रपतिहरू नै बजारमा किनमेल गर्दा लाइन लागेर बसेका भेटिन्छन् भने पूर्वहरूका त कुरै गर्न पर्दैन । उनीहरूलाई सुरक्षकर्मीको घेरा किन नचाहिएको होला भन्ने प्रश्न उठिरहन्छ । शहरमा एक्लै भेट्दा पनि जनताले एक-दुई थप्पड किन नलगाएका होलान् भन्ने जिज्ञासा उत्पन्न भइरहन्छ ।
नेपालमा लोकतन्त्र छ । लोकतन्त्रमात्रै होइन, गणतन्त्र नै छ । राष्ट्रपतिमात्रै होइन, प्रधानमन्त्रीसम्मका सबैले देश र जनताका कसम खाएर पदमा पुगेका हुन् । मन्त्री, सांसद सबैले घोषणापत्र बोकेर जनताका अगाडि नानाथरिका वाचा बाँधेर आएकै हुन् । मुलुकको संविधानले देश र जनताकै कुरा गरेको छ, समाजवादको नारा बोकेको छ । त्यही संविधानलाई गीता मानेको बताउने गरेका नेताहरूले कुनै पनि हालतमा देश र जनता भुल्न नहुने हो । राजनीतिक दलहरूका विधानहरूमा पनि देश र जनतालाई नै सर्वोच्च मानिएको छ र त्यही विचार बोकेको भनिने नेताहरू यही मूलमन्त्रबाट किमार्थ टाढा जान नहुने हो तर नेपालमा भने त्यस्तो अनुभव गर्न सकिएको छैन ।
सरकारले विलासितामा खर्च गरेको देख्दा नेपालमा पैसाको रत्तिभर अभाव छैन भने जस्तै लाग्दछ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारी खर्चमा गएका जन्तीको संख्या हेर्दा नेपालभन्दा धनी देश अर्को कुनै छैन जस्तो देखिन्छ । देशका सत्तासीनहरूको सवारी हेर्दा अघि र पछि सुरक्षाका नाममा कुदाइएका सुरक्षाकर्मी र सवारीसाधनहरूको संख्याले विश्वका सबै देशहरूलाई माथ दिइरहेकै छ ।
देश दिनहुँ घाटामा चलिरहेको छ । उत्पादन घट्दै गएको छ र दैनिक जीवनयापनका लागि अति आवश्यकीय खाद्यान्नसमेत आयात गर्नुपर्ने भएको छ । मुलुकको आम्दानीले साधारण खर्चसमेत नधान्ने अवस्था छ । विकासको कुरा त निकै परको भयो । सरकारी कर्मचारीलाई तलब ख्वाउन नै राज्यले वैदेशिक सहायता वा ऋण लिनुपर्ने प्रत्यक्षै छ । वर्षेनी वैदेशिक ऋण थपिँदै गएको छ र यसमा ज्यामितीय तबरले वृद्धि हुँदै गएको छ । जन्मदै एउटा नेपालीले करिब एक लाख रुपैयाँ ऋण टाउकामा बोकेर जन्मनुपर्ने बाध्यतामा मुलुकलाई पु¥याइएको छ । सत्तासीनहरूका भाषण सुन्दा केही भएको छैन तर सर्वसाधारणका नजरले हेर्दा कहाली लाग्न थालेको छ ।
नेपाल अझै पनि कृषिमै निर्भर छ भन्दा हुन्छ । कृषिमा निर्भर जनसंख्या अहिले पनि अन्य पेशा वा व्यवसायमा हुनेहरूको भन्दा निकै ठूलो छ तर किसानलाई सरकारले आवश्यक मात्रामा मलसमेत आपूर्ति गर्न सक्दैन । मल किन्ने पैसा पर्याप्त नभएको भनेर सरकारले कारण देखाउँछ तर मल त किसानले सित्तैमा लैजाने होइनन् । बेचेपछि पैसा पाउने कुरा पनि पैसाको अभावमा सरकारले भर दिन सक्दैन । वर्षौंदेखि उखु किसानलाई दिइँदै आएको अनुदान समेत रकमको अभावमा यसपटकदेखि रोकिने समाचार आइसकेको छ । यो भन्दा दर्दनाक परिस्थिति अरू के नै होला र ?
फेरि सरकारले विलासितामा खर्च गरेको देख्दा नेपालमा पैसाको रत्तिभर अभाव छैन भने जस्तै लाग्दछ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारी खर्चमा गएका जन्तीको संख्या हेर्दा नेपालभन्दा धनी देश अर्को कुनै छैन जस्तो देखिन्छ । देशका सत्तासीनहरूको सवारी हेर्दा अघि र पछि सुरक्षाका नाममा कुदाइएका सुरक्षाकर्मी र सवारीसाधनहरूको संख्याले विश्वका सबै देशहरूलाई माथ दिइरहेकै छ । सत्ताको स्वाद छ महिनामात्रै चाखेका नेताको जीवनशैली हेर्ने हो भने नेपालमा सबैभन्दा नाफामूलक व्यवसाय भनेको राजनीति नै हो भन्ने प्रमाणित हुन्छ तर आमसर्वसाधारणको क्रयशक्ति घट्दै गइरहेको छ । राज्य गम्भीर हुन साह्रै ढिलो भइसकेको छ ।
यस्तो अवस्थामा पनि नयाँ गाडी किन्न भने सरकारलाई पैसाको अभाव छैन । अहिलेको बजेटमा पनि सवारीसाधन खरिदमा अर्बौं रुपैयाँ छुट्याइएको छ । विगत पाँच सात वर्षदेखिको आँकडा हेर्ने हो भने पनि सरकारले मासिक सरदर पचास करोड रुपैयाँ गाडी खरिदमा खर्च गर्दै आएको छ । अहिले चढेकै गाडी चार पाँच करोड मूल्य पर्ने छन्, टिलिक्क टल्किएकै छन्, अरू बीस वर्ष सहजै चल्ने खालका छन् र पनि सरकारले किन यसरी रकम विनियोजन गर्छ ? मुलुकमा पैसाको अभाव भए यस्तो बजेट त नआउनुपर्ने हो !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच