
काठमाडाैं । बुधवार गाजामा इजरायली आक्रमणबाट कम्तिमा ३७ प्यालेस्टिनीहरू मारिएका छन् । जसमा दुई अमेरिकी समर्थित सहायता केन्द्रहरू नजिक १४ जना पनि समावेश छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले मध्य गाजामा नेत्जारिम जंक्शन नजिकै मानवीय सहायताको लागि भेला भएका भीडमाथि गोलीबारी गरेको थियो ।
नुसेरातको अल-अवदा अस्पतालले ११ जनाको शव प्राप्त गरेको र ७० भन्दा बढी घाइतेहरूको उपचार गरिरहेको रिपोर्ट गरेको छ । दक्षिणी गाजामा रफाहको पश्चिममा रहेको अर्को अमेरिकी समर्थित सहायता वितरण बिन्दु नजिकै इजरायली गोलाबारीबाट कम्तिमा तीन प्यालेस्टिनीहरू मारिएका र दर्जनौं घाइते भएका छन् ।
इजरायली सेनाले घटनाहरूमा कुनै टिप्पणी गरेको छैन । खान युनिसमा मवासीको अल-अत्तार क्षेत्रमा विस्थापित परिवारहरूलाई आश्रय दिइरहेका पालहरूमा इजरायली ड्रोनले प्रहार गर्दा पाँच जनाको मृत्यु भएको गाजा नागरिक रक्षा प्रवक्ता महमूद बसालले बताउनु भयो । कि अल-मघाजी शरणार्थी शिविरको एक घरमा इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित १० जनाको मृत्यु भएको छ भने गाजा शहरको अल-जैटुन छिमेकमा रहेको एक घरमा भएको अर्को आक्रमणमा आठ जनाको मृत्यु भएको छ ।
गाजा स्वास्थ्य अधिकारीहरूले भने कि मार्च १८ मा इजरायलले आफ्नो आक्रमण नवीकरण गरेदेखि कम्तिमा ५ हजार ३ सय ३४ प्यालेस्टिनीहरू मारिएका छन् । १७ हजार ८ सय ३९ घाइते भएका छन् । अक्टोबर २०२३ देखिको कुल मृत्यु संख्या ५५ हजार ६ सय ३७ पुगेको छ भने १ लाख २९ हजार ८ सय ८० घाइते छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच