
नवलपरासी । निरन्तरको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी खोलामा बनाइएको डाइभर्सन बग्दा र दाउन्ने खण्ड चिप्लो हुँदा सडक बन्द भएको हो ।
करिब ३५ घण्टा देखि सवारी साधनहरु लामो जाममा परेका छ्न । जाम हुदा हजारौं यात्रुहरुको यात्रा अन्यौल भएको छ । पुर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी मधु नेपालकाअनुसार विनयी खोलामा रहेको पुल केही महिनाअघि भत्किएको थियो । त्यसपछि सवारी सञ्चालनका लागि डाइभर्सन बनाइएको थियो । तर गएरातिदेखि परेको अविरल वर्षाका कारण उक्त डाइभर्सन बगाएको र सवारी आवागमन अवरुद्ध भएको जानकारी दिनुभयो ।
त्यस्तै, दुम्कीबास-दाउन्ने सडक खण्डका विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानहरूमा सडकमा हिलो र चिप्लोपन बढेपछि सवारीसाधन सञ्चालनमा गम्भीर कठिनाइ भएको नेपालले उल्लेख गर्नुभयो ।
नेपालले राजमार्ग सञ्चालनमा सहजता नआएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु र सवारी साधनहरूलाई आग्रह गर्नु भएको छ । उहाँकाअनुसार, पूर्वबाट पश्चिमतर्फ जाने यात्रुले नारायणघाट-मुग्लिङ-पोखरा-स्याङ्जा-बुटवल मार्ग प्रयोग गर्न सक्नेछन् । यस्तै, काठमाडौंबाट पश्चिम जानेलाई पनि यही मार्ग प्रयोग गर्न सुझाव दिइएको छ । पश्चिमबाट पूर्व फर्कने सवारीले पनि बुटवल-स्याङ्जा-पोखरा-मुग्लिङ मार्ग अपनाउन नेपालले सुझाव दिएका दिनुभयो ।
साना सवारीसाधनहरूका लागि भने कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट (नवलपुर)-पिपलडाँडा (पाल्पा) मार्ग पनि वैकल्पिक रूपमा प्रयोग गर्न सकिने नेपालको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच