
काठमाडौं । नेपाली हस्तकलालाई विश्वव्यापी ब्रान्डका रूपमा विकास गर्न इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र नेपाल हस्तकला महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यले बुधबार विशेष समारोहबीच हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार, दुवै संस्थाले नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन, उद्दमीहरू र कलाकारहरूको सशक्तिकरण, नवप्रवर्तन र अनुसन्धान प्रवर्द्धन, तथा नीति संवादजस्ता विषयमा सहकार्य गर्नेछन्।
डा. ढकालले हस्तकलाको विकासका लागि यो सहकार्यको थालनी मात्रै भएको बताउँदै नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउने उद्देश्यमा आईआरजीडीडी प्रतिबद्ध रहेको बताउनुभयो । अध्यक्ष शाक्यले यस सहकार्यले महिलाहरू, युवाहरू र साना उद्यमीहरूलाई विशेष फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
समझदारीअन्तर्गत संयुक्त रूपमा बीटुबी (B2B) कार्यक्रम, तालिम तथा कार्यशालाहरू, प्रविधि र डिजाइन विकास, प्याकेजिङ सुधार, तथा डिजिटल माध्यममार्फत बजार विस्तार गरिनेछ । साथै, परम्परागत शिल्प र सांस्कृतिक सम्पदाको संरक्षणका साथै नवप्रविधिको प्रयोगमा समेत जोड दिइनेछ ।
हस्तकला क्षेत्रलाई समर्थन गर्ने नीतिगत सिफारिस, अन्तर्राष्ट्रिय व्यापारमा पहुँच विस्तार, तथा गुणस्तर प्रमाणीकरणमा महासंघले नेतृत्व लिनेछ भने, आईआरजीडीडीले कूटनीतिक प्लेटफर्ममार्फत् अन्तर्राष्ट्रिय दृश्यता सुनिश्चित गर्नेछ ।
समझदारी पाँच वर्षसम्म मान्य हुनेछ भने प्रारम्भिक छ महिनामा प्रगतिको समीक्षा गरिनेछ ।
कार्यक्रम नेपाली परिकारसहितको रात्रीभोजसहित सम्पन्न भएको थियो, जहाँ नेपाल हस्तकला महासंघका पदाधिकारीहरू र फ्रान्सका लागि नेपालका पूर्वराजदूत दीपक अधिकारी समेत सहभागी हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच