
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर इटाली र अजरबैजान पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने दाङ घोराहीका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखा धार्चेका ३७ वर्षीय सरेश गुरुङ रहेका छन् ।
दर्शनले इटाली पठाइदिने भन्दै तीन जना पीडितबाट ६ लाख रुपैयाँ असुली सम्पर्कविहीन भएको र सरेशले अजरबैजान पठाउने भन्दै दुई जना पीडितबाट ४ लाख रुपैयाँ लिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई क्रमशः बुधबार र मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुवै अभियुक्तलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच