
समाचार सारांश
-
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको र समाजमा अपराध, भ्रष्टाचार र लुटतन्त्र मौलाएको बताउनु भएकाे छ ।
-
उहाँले सरकार आफैं असक्षम र बिरामी भएकोले जनताको समस्यासमाधान गर्न नसकेको आरोप लगाउनुभयो।
-
अदालत र सरकारप्रति जनताको विश्वास कमजोर भएको भन्दै सकारात्मक सोचका साथ अगाडि बढ्न सरकार र जनतालाई एकजुट हुन आग्रह गर्नुभयो।
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताउनुभएको छ ।
बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताउनु भयो । उहाँले देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताउनु भयो ।
उहाँले यसलाई सरकारले नियन्त्रणले गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गर्नुभयो । सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गर्नुभयो । उहाँले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भयो । उहाँले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “देश प्रगति पथतिर जाने कहिले ? हाम्रो समाज यति धेरै अपराधीकरण भएको छ कि, राम्रो बाटोमा जाला भनेको अधोगति तिर गइरहेको छ । यो के भएको हो ? जता हे-यो अनियमितता, अपराधीकरण, भ्रष्टाचार र हत्या हिंसा यस्ता लुटतन्त्रले मौलाउने अवसर पाइरहेको छ । यसलाई सरकारले नियन्त्रणले गर्ला भन्यो, स्वयं सरकार नै बिरामी छ । उसले आफ्नै व्यथा हल गर्न सकेको छैन, जनताको व्यथा कसरी हल गरोस् । यो विडम्बनाको कुरा हो । अदालततिर हे-यौ, त्यो अदालत गन्हाइरहेको सारा जनमानसको भनाइ छ, सरकारतिर हेरौँ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । हामी सधैँ सुशासन, सुशासन, सुशासन भएन भन्छौँ, भएको छ कुशासन ।”
उहाँले सकारात्मक सोचसहित सकारात्मक बाटो जानुपर्नेमा जोड दिँदै सरकार र जनता एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच