
समाचार सारांश
-
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे उच्च अदालत पाटनको अन्तरिम आदेशपछि पुनः काममा फर्किनुभएको छ।
-
पाण्डेलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरिए पनि उहाँले त्यसविरुद्ध रिट दायर गर्नुभएको थियो।
-
अदालतको आदेशले निलम्बन कार्यान्वयन नगर्न भनिएकोले पाण्डे पुनः पदमा रही काम गर्न पाउनु भएको हो।
काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किनुभएको छ ।
उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उहाँ बिहीबारदेखि काममा फर्किनुभएको हो ।
पदभार सम्हालेपछि उहाँले पुरानो कुरा बिर्सिन चाहेको प्रतिक्रिया दिनुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई जेठ २० गते छ महिनाका लागि निलम्बन गर्नुभएको थियो । उक्त निलम्बनविरुद्ध पाण्डेले बिहीबार उच्च अदालतमा उत्प्रेषणको रिट दायर गर्नुभएको थियो।
निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन उच्च अदालतले अन्तरिम आदेशमा भनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच