
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी दिने हुनु भएको छ ।
केही समयअघि बालेनले एकल निर्णयमा चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी तोक्नुभएको थियो ।
बालेनले गत जेठ १ गते सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर काठमाडौँ– ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समिति संयोजकबाट काठमाडौँ– २६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौँ– ८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोक्नुभएको थियो ।
ती मध्ये तीन जनाले विज्ञप्ति निकाल्दै तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएकाले आफूहरुले त्यसलाई स्वीकार नगरेको बताउनुभएको थियो ।
जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरुमा सुशासन समिति संयोजकको जिम्मेवारी पाउनुभएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाउनुभएका वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाउनुभएका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापती हुनुहुन्थ्यो ।
जिम्मेवारी खाेस्ने निर्णयबाट मेयर शाह पछि हटेको एक वडाध्यक्षले जानकारी दिए ।
पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरुले निरन्तर दबाब दिँदै आएका छन् ।
उपमेयर सुनिता डंगोलको अगुवाइमा कार्यालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर शाह निर्णयबाट पनि पछि हटेको एक ती वडाध्यक्षले बताए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच