
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले संविधानले भनेअनुसार तीन खम्बे अर्थनीतिको बेवास्ता गरेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले संविधानले भनेको तीनखम्बे अर्थनीतिको विपरित नवउदारवादी मान्यतामा बजेट गएको आरोप लगाउनुभएको हो ।
उहाँले आजको आवश्यकतामा पुँजी निर्माणको महत्वलाई बजेटले वोध नगरेको र पुजिएको अर्थतन्त्रको रुपमा सुशासनले थला पारेको अवस्थामा संघीयतालाई कार्यान्वयन नगर्ने अवस्थामा प्रश्तुत भएको दाबी गर्नुभयो । चालु खर्चको कटौतीका कुरा उठेको थियो, साना योजना नराख्ने कुरा उठेको थियो भन्दै सांसद शर्माले अर्थमन्त्रीलाई सुन्ना घटाउने र बढाउनेको अर्थमा लिनुभएको टिप्पणी गर्नुभयो ।
उहाँले संविधान कार्यान्वयनमा अवरुद्धता आइरहेको बताउँदै समितिबाट आएका विधेयकहरु संसदमै रोकिनु निर्माण भइसक्नुपर्ने कानून नबन्दा समस्या उत्पन्न भइरहेको दाबी गर्नुभयो । सांसद शर्माले स्थानीय तहलाई जनताको घरघरमा गर्ने सेवाका लागि स्रोत साधन र संरचना दिनुपर्नेमा संघले त्यो पनि कटौती गरेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो बजेटले संविधान बमोजिम, संविधानले भनेअनुसार तीन खम्बे अर्थनीतिको कुरा, समाजवाद उन्मुख अर्थतन्त्रको कुरा जो गरेको छ त्यसलाई पुरै वेवास्ता गरेर, त्यसलाई कुनै सरोकार नगरेर ठीक त्यसका विपरित नवउदारवादी मान्यतामा बजेट गएको छ । उत्पादनमुखी अर्थतन्त्रको निर्माण गर्ने दिशातिर यो छैन । किसानहरुलाई, मजदुरहरुलाई, श्रमिकहरुलाई प्राथमिकता दिने क्षेत्रमा छैन र यो असन्तुलित बजेट छ । नवउदारवाद र उदारवादका प्रणेता भनेको अमेरिका हो आज अमेरिका आफैं संरक्षणवादमा गैसक्यो । उसले आफ्नो सैद्धान्तिक धरातलसमेत छोडेर संरक्षणवादमा पुगिरहेको सन्दर्भमा आज हामी त्यही कुरालाई बढावा दिइरहेका छौं त हामी कसरी अगाडि बढ्न सक्छौं ? देशको अर्थतन्त्र कसरी सुधार हुनसक्छ ? कसरी हामी देशको रक्षा गर्न सक्छौं ? आज गम्भीर प्रश्न छ । त्योमात्र होइन राज्य नियन्त्रित हिजो भनेको समाजवाद पनि फेल भैसक्यो, नवउदारवाद पनि फेल भइसक्यो । यो सन्दर्भमा आज हामीले समाजवाद, सामाजिक न्यायलाई कसरी लागू गर्नसक्छौं ? आज आफ्नो नेपाली विशेषतामा खोजेर हाम्रो अर्थतन्त्रको निर्माण गर्नुपथ्र्यो, यो बजेटले त्यो दिशा अपनाउनुपथ्र्यो त्यतातिर यो बजेट गएको छैन । यसले केबल परम्पराको निरन्तरताको रुपमामात्र काम गरेको छ । आजको आवश्यकतामा पुँजी निर्माणको महत्वलाई यसले वोध गरेको छैन । यो पुजिएको अर्थतन्त्रको रुपमा सुशासनले थला परेको एउटा अवस्थामा, संघीयतालाई कार्यान्वयन नगर्ने अवस्थाको रुपमा यसले आपूmलाई प्रश्तुत गरेको छ । चालु खर्चको कटौतीको कुरा उठेको थियो, साना योजना नराख्ने योजना उठेको थियो । सायद अर्थमन्त्रीले सुन्नाको महत्व हुँदैन भन्ने बुझ्नुभयो होला । "
उहाँले नेपाली विशेषता खोजेर देशको अर्थतन्त्रको निर्माण गर्नुपर्ने भएपनि बजेट केबल परम्पराको निरन्तरताको रुपमा मात्र काम गरेको टिप्पणी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच