
भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर पाँच बोखिमका किसानहरुलाई च्याउ खेतीमा आत्मनिर्भर बनाउन प्रदान गरिएको तालिमसँगै उत्साह देखिएको छ । राम्रो ज्ञान र सीप नभई रहेको अवस्था सुम्निमा बहुप्राविधिक शिक्षालय भोजपुरले च्याउ उत्पादन सम्वन्धी तालिम नै सञ्चालन गरेपछि किसानहरुमा थप उत्साह देखिएको हो ।
बहुप्राविधिक शिक्षालयले गत जेठ ४ गतेबाट एक सय ६० घण्टे च्याउ उत्पादन सम्वन्धी तालिम बोखिमका किसानहरुका लागि संचालन गरेको थियो । किसानहरुलाई ब्यवसायीक ज्ञान सिकाउँदै च्याउ खेतीमा प्रोत्साहन गर्ने उद्धेश्यका साथ तालिम संचालन गरिएको शिक्षालयका निमित्त प्रमुख निरज अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, “बिना ज्ञान च्याउ खेती गर्दे आउनु भएका किसानहरुलाई यो तालिमले आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ, च्याउको मुल्य पनि राम्रो भएकाले यसमा किसानको आर्कषण पनि बढदो छ ।” बिभिन्न सीप मुलक तालिम अन्तर्गत शिक्षालयले वडा तहमा संचालन गरेको हो ।
तालिममा वडाका २० जना महिला पुरुष किसानहरुको सहभागिता रहेको थियो । शिक्षालयले प्रयोगमा आउने तालिमसँगै ज्ञान तथा सीप सिकाएसँगै किसानहरुमा थप च्याउखेती प्रति उत्साह देखिएको वडाध्यक्ष फबिन्द्र प्रधानको भनाई रहेको छ । वडाध्यक्ष प्रधानले भन्नुभयो, “वडा तहमा च्याउ खेती गर्नेमा अधिकांश पुरुष भन्दा महिला बढी देखिनु हुन्छ, घरायसी कामसँगै आम्दानी पनि हुने भएपछि च्याउ उत्पादनमा संलग्न भई आत्मनिर्भर बन्ने दिशामा किसानहरुको अग्रसरता देखिन्छ ।” उत्पादित च्याउले बजार पनि राम्रो नै पाएको छ ।
वडा कार्यालयसँगको सहकार्यमा संचालित तालिमका सहभागिहरुले आफुहरुलाई तालिमले ब्यवसायीक उत्पादनमा सहयोग मिल्ने सीप सिकाएको तालिममा सहभागि दुर्गा देवी दंगालले बताउनुभयो । उहाँ मात्र तालिम सहभागि माया फुयल पनि तालिम उपलब्धी मुलक रहेको बताउनुहुन्छ । गाउँघरमा गरिने अन्य खेती किसानी भन्दा च्याउ खेतीले जीविकोपार्जनमा पनि राहत मिल्ने किसानहरुको भनाई रहेको छ । कम मेहनतबाट पनि नगद आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीमा किसानहरुको आकर्षण बढदो देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच