
पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं. ५ मा रहेको मरामकोट पर्यटकीय आकर्षणको केन्द्र हुन् । यी ठाउँहरु प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् । यहाँँबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दुश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । यस क्षेत्रमा बर्सेनि पर्यटकहरुको चहलपहल बढ्दै जान थालेपछि यहाँ व्यवस्थित घरवास ( होमस्टे ) सञ्चालन गर्न थालिएको छ ।
यहाँ अहिले पनि स्थानीयहरुले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनाहरुलाई राख्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँमा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु, र विहानको खाजाको प्याकेज रहेको छ । प्राकृतिक रुपमा अति सुन्दर ठाउँ रहेको जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखी तराईसम्मका दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
पछिल्लो समय यहाँका महिलाहरु आयआर्जनका लागि होमस्टेमा जोडिदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला होमस्टेबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ जोडिन थालेका हुन् । यहाँका केही महिलाहरुले होमस्टे सञ्चालन गरिसकेका छन् भने केहीले सञ्चालनका लागि आवश्यक ज्ञान, सीप सिक्न तम्सिएका छन् । बेफुर्सदिला हुन थालेका अधिकांश महिला अहिले होमस्टेमार्फत आर्यआर्जनमा जोडिन थालेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “यहाँका महिलाहरु स्वतस्फूर्त रुपमा आयआर्जनमा जोडिन थाल्नुभएको छ । होमस्टे र पयर्टन व्यवसायीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि उहाँहरु यसतर्फ आकर्षित हुँदै जानुभएको छ ।”
जन्तीलुङ्गकी माया सारु हिजोआज गाउँमा खोलिएको होमस्टेमा व्यस्त हुनुहुन्छ । होमस्टेमा आउने पाहुनालाई स्वागत, सत्कार गर्ने, पकाउने, खुवाउने जस्ता काममा उहाँको समय बित्ने गरेको छ । होमस्टे सञ्चालनमा आएपछि उहाँसहितका महिलाको दैनिकी अहिले फेरिएको हो । पहिला दैनिक घाँस–दाउरा र माछा मार्न जाने माया अहिले गाउँमा आउने पाहुनाको स्वागत र सत्कारमा जुट्ने गर्नुहुन्छ । होमस्टे सञ्चालनबाट आएको रकमले जीवनमा थोरै भए पनि परिवर्तन आएको उहाँको भनाइ छ । ‘होमस्टेबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घर–व्यवहार चलाउने जस्ता काममा सजिलो भएको छ’ उहाँले भन्नुभयो । होमस्टे सञ्चालन गरेपछि व्यक्तित्व र आर्थिक विकासमा परिवर्तन आएको उहाँको भनाइ छ । उहाँ जस्तै अन्य महिलाहरु पनि होमस्टेतर्फ आकर्षित भएका छन् ।
होमस्टेमा लाग्न तालिम ः महिलाहरु होमस्टेतर्फ रुची राख्न थालेपछि गाउँपालिकाले समेत उनीहरुलाई ज्ञान, सीप प्रदान गर्न तालिम दिर्दै आएको छ । महिलाहरुलाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न पाल्पा विकास केन्द्र, सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा गाउँपालिकाले यहाँका महिलाहरुलाई तालिम दिएको हो ।
यहाँका ६ वटै वडामा होमस्टेमार्फत आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने, गाउँ–गाउँमा आर्यआर्जन बढाउने,महिलाहरुको उद्यमशिलता बढाउने र महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन महिलाहरुलाई तालिम दिइएको पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँपालिकालाई पर्यटन तथा कृषिको माध्यमबाट सम्बृद्ध बनाउने, महिलाहरुको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तो सुकै सहयोग गर्न पालिका तयार रहेको उहाँको भनाई छ ।
पैसा कमाउन तिनाउवासीलाई कुनै दुःख नरहेको पालिका उपाध्यक्ष लालबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो “अलिकती मेहनत गर्नुस् घरमै बसीबसी महिनाको ४०/५० हजार सजिलै कमाउन सकिन्छ त्यसको लागि पालिकाले वातावरण तथा पुर्वाधार तालिम कला संस्कृति लगायतका समुदायलाई आवश्यक सहयोग गर्ने छ ।”
यहाँको वडा नंं. ६ मस्याम, वडा नंं. ५ मरामकोट, वडा नंं. ४ को सत्यवतीमा होमस्टेको शुुरुवात भएको छ भने वडा नंं १ कचल, वडा नंं २ दोभान, वडा नंं ३ झुम्साका विभिन्न भागमा होमस्टे सञ्चालनको तयारीमा महिलाहरु जुटेका छन् । यहाँ अहिले केही स्थानीयहरुले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनाहरुलाई राख्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँमा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु, र विहानको खाजाको प्याकेज रहेको छ । प्राकृतिक रुपमा अति सुन्दर ठाउँ रहेको जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखी तराईसम्मका दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
आफ्नो कार्यकालमा मस्यामको जन्तिलुङमा शुरु गरेको होमस्टे अहिले व्यस्थित हुँदै गएको गाउँपालिकाका संस्थापक अध्यक्ष ओम बहादुर घर्तिमगरले बताउनुभयो । उहँँले दिनहुँ पर्यटकहरु बढ्दै गएको,स्थानीयहरुको रोजगारी बढेकाले तिनाउका अन्य ५ वटा वडामा पनि सञ्चालनको लागि तालिमले मद्दत मिलेको बताउनुभयो । पालिकाका सबै वडाहरुका पर्यटकीय पुुर्वाधारहरु निर्माण हुँदै गएको, बाटा घाटाहरु सहज हुँदै गएको, अधिकाश घरहरुमा एक घर एक धारा पुगेकाले बुटवलबाट सबै वडाहरुमा एक डेढ घण्टामा पुगिने भएकाले होमस्टेको माध्यमबाट राम्रो आम्दानी गर्न सकिने २ का वडा अध्यक्ष यादव अर्यालले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच