काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई त्यहाँबाट झिकाउन न्याय परिषद्ले सिफारिस गरेको छ ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई सर्वोच्चमा काजमा तानिएको न्याय परिषद्का एक सदस्यले जानकारी दिए।
बुधबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीशद्वय थारू र महर्जनलाई झिकाउन लागि सर्वोच्च अदालतलाई सिफारिस गरेको थियाे ।
आलमलाई जिउँदै इट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएको थियो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि