
हेटौंडा । मकवानपुर प्रहरीले ७ सय ७० मिलि ग्राम लागूऔषध खैरो हेरोईनसहित दुईजनालाई पक्राउ गरेको छ। हेटौंडा -४ फरेष्टी गेट अगाडी शंकास्पद रुपमा बसीरहेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा हेटौंडा - ४ कमलडांडा बस्ने वर्ष ४२ को अनुप कुमार रुम्बा र वर्ष ३३ को मणी लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार फरेष्टी गेट अगाडी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ७ सय ७० मिलि ग्राम लागुऔषध खैरो हेरोईन फेला परेको हो।
उक्त लागुऔषधसहित रुम्बा र लामालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच