हेटौंडा । मकवानपुर प्रहरीले ७ सय ७० मिलि ग्राम लागूऔषध खैरो हेरोईनसहित दुईजनालाई पक्राउ गरेको छ। हेटौंडा -४ फरेष्टी गेट अगाडी शंकास्पद रुपमा बसीरहेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा हेटौंडा - ४ कमलडांडा बस्ने वर्ष ४२ को अनुप कुमार रुम्बा र वर्ष ३३ को मणी लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार फरेष्टी गेट अगाडी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ७ सय ७० मिलि ग्राम लागुऔषध खैरो हेरोईन फेला परेको हो।
उक्त लागुऔषधसहित रुम्बा र लामालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जानकारी दिइएको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र