
लण्डन । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रभावशाली विंगर मिखाइलो मुद्रिक प्रतिबन्धित औषधि सेवन प्रकरणमा दोषी देखिनुभएको छ । सोही आरोपमा इङ्लिस फुटबल संघ (एफए)ले २४ वर्षीय मिखाइलोमाथि चार वर्षको प्रतिबन्ध लगाउने तयारी गरेको हो । उहाँ युक्रेनको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि हुनुहुन्छ । सन् २०२३ देखि चेल्सीबाट खेल्दै आउनुभएका मिखाइलोले प्रतिबन्धित औषधि सेवन गरेको आशंकामा उहाँको पिसाब परीक्षण गरिएको थियो । त्यसको प्रारम्भिक नतिजा पोजेटिभ आएपछि गत डिसेम्बरमा उहाँलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो ।
विश्व फुटबल महासंघ (फिफा)को नियमअनुसार, यदि कुनै खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेको पाइएमा त्यस्ता खेलाडीलाई चार वर्षसम्म प्रतिबन्ध लगाउन सकिने प्रावधान छ । मिखाइलोको अर्को परीक्षणको नतिजा पनि पोजेटिभ आएपछि उहाँमाथि लामो प्रतिबन्ध लगाउन थालिएको हो । मिखाइलोले भने आफूले जानेर कुनै पनि प्रतिबन्धित औषधि सेवन नगरेको दाबी गर्दै आउनुभएको छ । वल्र्ड एन्टिडोपिङ एजेन्सी (वाडा)ले प्रत्येक वर्ष खेलाडीहरूले प्रयोग गर्न नहुने औषधिको सूची सार्वजनिक गर्दै आएको छ ।
त्यो सूचीमा रहेका कुनै पनि औषधि सेवन गरेमा खेलाडी डोपिङ परीक्षणमा पर्छन् । यस्ता औषधिमध्ये केही त सामान्य बिरामीमा प्रयोग गरिने औषधिसमेत रहेका हुन्छन् । त्यसैले अन्जानमा पनि खेलाडीहरू डोपिङमा पर्ने गरेका छन् ।
मिखाइलोले पनि आफूले जानेर यस्तो औषधि सेवन नगरेको दाबी गर्नुभएको हो । उहाँले गत नोभेम्बर २८ तारिखदेखि चेल्सीका लागि खेल्नुभएको छैन । उहाँले क्लबका अन्य खेलाडीसँग प्रशिक्षण पनि गर्न पाउनुभएको छैन । चेल्सीले पनि उहाँले जानेर प्रतिबन्धित औषधि सेवन नगरेको बताउँदै आएको छ ।
इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्ट १५ तारिखदेखि सुरु हुँदैछ । आगामी सिजनको पहिलो खेलमा च्याम्पियन लिरभपुल र बर्नमाउथबीच खेल हुनेछ । चेल्सीले भने आफ्नो पहिलो खेल अगस्ट १७ तारिखमा क्रिस्टल प्यालेससँग खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच