
बार्सिलोना । स्पेनिस च्याम्पियन बार्सिलोनाले जोन गार्सियालाई भित्र्याएको छ । एस्पान्योलका २४ वर्षीय गोलकिपरलाई बार्सिलोनाले २५ मिलियन युरोको रिलिज क्लजमा भित्र्याएको हो । गार्सियासँग ६ वर्षको सम्झौता गरिएको छ । योसँगै उहाँ सन् २०३१ को जुन महिनासम्म बार्सिलोनामा रहनुहुनेछ ।
गार्सियाले हालै सम्पन्न ला लिगा सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान तान्नुभएको थियो । उहाँले सबैभन्दा धेरै सेभ गर्नुभयो । प्रतिखेल झण्डै चार सेभ उहाँको रेकर्ड छ ।
गत वर्ष उहाँले स्पेनलाई पेरिस ओलम्पिकमा स्वर्ण जिताउन उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । त्यसैले उहाँलाई इंग्लिस क्लब आर्सनलले भित्र्याउने चर्चा चलेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच