काठमाडौं । अस्ट्रेलियाको चर्चित बिग बास (बिबिएल)को ड्राफ्टमा रहेका कुनै पनि नेपाली खेलाडीलाई क्लबहरूले अनुबन्ध गरेनन् । ड्राफ्टमा रहेका नेपालका ६ क्रिकेटरलाई कुनै टिमले अनुबन्ध नगरेका हुन् ।
बिहीबार सम्पन्न १५औँ संस्करणको बिबिएल ड्राफ्टमा नेपालका ६ क्रिकेटरहरू टोलीमा समावेश भएका थिए । बिहीबार भएको ड्राफ्टबाट सहभागी आठ टोलीमा १५ खेलाडी अनुबन्ध भएकामा नेपालका ६ खेलाडीलाई भने कुनै टिमले अनुबन्ध गरेनन् ।
ड्राफ्टमा नेपालबाट सन्दीप लामिछानेसहित देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहनुभएको थियो । नेपालबाट हालसम्म सन्दीपले मात्र बिबिएल खेल्ने अवसर पाउनुभएको एक्ला क्रिकेटर हुनुहुन्छ । सन्दीपले मेलबर्न स्टार र होर्बट हरिकेन्सबाट समान दुई संस्करणका खेल खेल्नुभएको थियो । बिबिएलमा ४३ खेल खेल्दै सन्दीपले ४८ विकेट लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच