
समाचार सारांश
-
नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै लगातार दोस्रो जितको खोजीमा छ।
-
नेपालले स्कटल्यान्डलाई हराए पनि नेदरल्यान्ड्ससँग पहिलो खेलमा तेस्राे सुपर ओभरमा पराजित भएको थियो।
-
तालिकामा नेदरल्यान्ड्स शीर्ष, नेपाल तेस्रो स्थानमा छ।
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
स्कटल्याण्डको ग्लासगोमा आज हुने खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार साझ ७:४५ बजेदेखि सुरु हुनेछ ।
आज नेपाल नेदरल्यान्डसलाई हराउँदै अघिल्लो खेलको बदलासहित प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । यस अघि सोमबार भएको पहिलो भेटमा नेपाल नेदरल्यान्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
त्यसैगरी मङ्गलबार भएको आफनो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो ।
सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स दुई खेलमा जित हासिल गर्दै चार अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।
सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित नेदरल्यान्ड्सले दोस्रो खेलमा भने घरेलु टोलीलाई १७ रनले हराएको थियो।
त्यस्तै यसअघिका दुईमध्ये एकमा जित र एकमा हार बेहोरेको नेपाल भने दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष स्थान हासिल गर्ने टोलीले उक्त प्रतियोगिताको उपाधि जित्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच