
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा आज (शुक्रबार)देखि सुरु हुने एसिसी यू–१६ इस्ट जोन कपका लागि १४ खेलाडी छनोट गरेको छ । आगामी ६ जुलाईसम्म हुने प्रतियोगितामा नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो ।
टोलीमा सूर्यान्शु कोइराला उपकप्तान, शिवांश बजगाईं र परिमार्जन यादव विकेट किपर रहनुभएको छ । यसबाहेक टोलीमा रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशीलबहादुर रावल, शुभम् खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहनुभएको छ ।
नेपाली टिमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी गरिरहेको छ । रौनक श्रीवास्तवले केही साताअघि भएको यू-१६ राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउनुभएको थियो जुन नेपाली घरेलु उमेर समूहको प्रतियोगितामा कीर्तिमान नै थियो ।
इस्ट जोन कप एसियन क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत सञ्चालन हुने एक महत्वपूर्ण युवास्तरीय क्रिकेट प्रतियोगिता हो, जसमा पूर्वी एसियाका विभिन्न राष्ट्रका यू-१६ उमेर समूहका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच