
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले हाल कायम चुक्ता पुँजीका आधारमा १० प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अनुसार नगद लाभांश स्वरूप ५२ करोड १२ लाख १३ हजार रुपैयाँ र बोनस सेयर स्वरूप २६ करोड छ लाख रुपैयाँ वितरण गरिनेछ । लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतअनुसार चार करोड ११ लाख ४८ हजार रुपैयाँ छुट्याउने प्रस्ताव पनि पारित भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी पाँच अर्ब २१ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर वितरणपछि पाँच अर्ब ४७ करोड रुपैयाँभन्दा माथि पुग्नेछ । साथै साधारणसभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनी ऐन २०६३ बमोजिम आर्थिक वर्ष २०८०/८१ मा गरिएको खर्च अनुमोदन गर्ने र नियामक निकायको निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पारित गरेको छ । त्यस्तै, संस्थापक समूहबाट तीनजना र सर्वसाधारण समूहबाट दुईजना गरी पाँचजना सञ्चालक पनि चयन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच