
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसिएचएलबीच एनपिएस-एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्युआरमा अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल तथा एनसिएचएलतर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
एनसिएचएलले हालै एनपिएस-एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस-एनसिएस र नेपाल पे कार्डमा आबद्ध भइरहेका छन् ।
नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउटपछि एक्सेल डेभलपमेन्ट बैंकले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्ने बताइएको छ । उक्त प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच