
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले असार मसान्तसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले जारी आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो ।
असार ४ गते सम्पन्न राष्ट्रिय भेलाले चारबुँदे घोषणापत्रसमेत जारी गरेको छ । नेपाल सरकारलाई २०८२ असार मसान्तसम्मको अल्टिमेटम दिई सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटका सन्दर्भमा पुनर्विचार गरी खारेज गर्नका लागि ज्ञापनपत्र दिने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले नेपाल सरकारसँग विभिन्न समयमा भएका सहमति र प्रतिबद्धताको सम्मान गर्दै हाल भइरहेको विरोध एवं आन्दोलनका कार्यक्रमहरू २०८२ असार मसान्तसम्म स्थगित गरी रचनात्मक क्रियाकलाप गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले महासंघले २०८२ असार मसान्तभित्र आफूहरूका माग सम्बोधन नभए विभिन्न विषयगत समूहमार्फत् साझा संघर्ष र खबरदारी गर्दै सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिनुभयो ।
महासंघले सुनचाँदी, हिरा तथा बहुमूल्य धातुका गहनासम्बन्धी नीति निर्देशिका यथाशीघ्र लागू गराउन निर्णायक पहल गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन गर्दै सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रासम्म विदेशमा लगानी गर्न पाउने बाटो खुला गरेको हो ।
सुनको मूल्य बढ्दै जाँदा सरकारलाई राजस्व स्वतः बढ्दै जाने भएकाले अनावश्यक कर थपेर अवैधानिक कारोबार प्रोत्साहन नगर्न व्यवसायीले माग गरेका छन् । विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने थियो । तर, अहिलेको बजेटमार्फत् अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्न थालेको छ । बैंक वा होलसेल (थोक) पसलले ढिक्का सुन बेच्दा पनि दुई प्रतिशतको विलासिता शुल्क लाग्ने अवस्था आएको छ । जुनसुकै मूल्यका सुनका गहना खरिदमा पनि दुई प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्थाका कारण सुन वा सुनका गहनामा कम्तीमा ६ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्था आएको व्यवसायीले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच