
काठमाडौं । अमेरिकाको टेक्सास राज्यको डाल्लास र क्यालिफोर्नियाको सन् फ्रान्सिस्को शहरमा नेपालको वाणिज्य दूतावास गठन हुने प्रक्रिया अघि बढेको छ । वर्तमान सरकारले करीब ६ महिना पहिले यी दुई शहरमा वाणिज्य दूतावास स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयपश्चात अहिले औपचारिक प्रक्रिया पूरा गर्नका लागि दुवै शहरमा परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा एक कर्मचारी टोली अनुगमनका लागि पुगेकोे छ ।
परराष्ट्रले टेक्सासमा सहसचिव सुरेश अधिकारी र सन् फ्रान्सिस्कोमा सहसचिव लक्ष्मण खनाललाई वाणिज्य दूत नियुक्त गरेर जिम्मेवारी प्रदान गरेको छ । अधिकारी र खनाल अहिले आ-आफ्नो जिम्मेवारी तोकिएको शहरमा कार्यालय स्थापनाका लागि आवश्यक प्रक्रियामा जुट्नुभएको छ । यो प्रक्रिया पूरा भएपछि औपचारिक रूपमा सेवा सञ्चालन हुनेछ । यसका लागि अझै केही समय लाग्ने सरकारी प्रतिनिधिको भनाइ छ ।
यसैबीच दुवै शहरमा औपचारिक रुपमा वाणिज्य दूतावास स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै अमेरिकामा रहेका नेपाली संघ-संस्थाहरूले सरकारको यस पहलकदमीको स्वागत गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति, एमाले निकट प्रवासी नेपाली मञ्चलगायतका संघ संस्थाले नेपालीहरूलाई सुविधा प्रदान गर्न यी दुवै शहरका वाणिज्य दूतावास सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् । जनसम्पर्क समिति, प्रवासी मञ्च र अन्य संघ-संस्थाले यस्तो कार्यालय स्थापनाका लागि विगत लामो समयदेखि आ-आफ्नो पार्टीमार्फत नेपाल सरकार समक्ष लविङ गर्दै आएको र त्यो प्रयास सफल भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच