
काठमाडौं । अग्रज पत्रकार पद्मभक्त खरेलको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा बिहीबार बिहानै निधन भएको हो । पञ्चायतकालदेखि नै निरन्तर पत्रकारिता क्षेत्रमा अग्रसर खरेलले ‘दिव्यचक्षू’ साप्ताहिक प्रकाशन गर्दै आउनुभएको थियो ।
उहाँ सुगर रोगको बिरामी हुनुहुन्थयो । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा गणेशभक्त र तोलावतीका दोस्रो सन्तानका रूपमा जन्मिनुभएका पद्मभक्त हाल काठमाडौंको लाजिम्पाटमा बस्दै आउनुभएको थियो । उहाँको बिहीबार नै बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच