
ललितपुर । ख्यातिप्राप्त गीतकार, कवि, साहित्यकार तथा उद्योगपति वसन्त चौधरी ‘देवयानी’ लिएर पाठकमाझ आउनुभएको छ । प्रतिष्ठित उद्योगपति चौधरीको पहिलोे आख्यान ‘देवयानी’ बुधबार ललितपुरमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । समारोहमा आख्यानकोे कभरलाई आकर्षक शैैली र गार्फिक डिजाइनसहित श्रव्यदृश्यका साथ प्रस्तुत गर्दैै सार्वजनिक गरिएकोे थियो । सार्वजनिक पुस्तकबारे विभिन्न साहित्यकार तथा समालोेचकहरूले गरेको समीक्षा श्रव्यदृश्य सामग्रीका रूपमा प्रस्तुत गरिएको थियो ।
भिडियो समीक्षामा बोल्दै साहित्यकार उमेश सुवेदीले देवयानी उपन्यास विवाहेत्तर सम्बन्ध र त्यसबाट पर्ने मनोवैज्ञानिक प्रभावमा केन्द्रित रहेको चर्चा गर्नुभएको थियो । उहाँले उपन्यासको भाषा सरल र सुन्दर रहेको जनाउँदै आख्यानकार वसन्त आफ्नो उद्देश्यमा सफल रहेको बताउनुभयो । साहित्यकार अमर न्यौपानेले निम्न वर्ग र गाउँका सामान्य मानिसको विषयमा उपन्यास आउने गरे पनि देवयानी सम्भ्रान्त र उच्च व्यावसायिक घरानाको सूक्ष्म ढंगले लेखिएको चर्चा गर्नुभयो ।
पत्रकार तथा लेखिका बबिता बस्नेतले उपन्यास रुचि भएकाले ४१६ पृष्ठका भए पनि दुई सिटिङमै पढिसकेको सुनाउँदै कता-कता आफू र आफ्ना वरिपरिका पात्रलाई पाएकाले पनि उपन्यास थप पठनीय र रुचिकर भएको बताउनुभयो ।
साहित्यकार विश्व विमोहन श्रेष्ठले नेपाली वाङ्मय क्षेत्रमा गीतकार, कवि र गजलकारका रूपमा प्रख्यात वसन्त चौधरी उपन्यासकारका रूपमा पनि सफल हुने सम्भावना देखिएको जिकिर गर्नुभयो । यस्तै, साहित्यकार उषा शेरचनले चौधरीको गीत, गजल र रकविताका साथै आख्यान लेखनमा पनि कलात्मक हिसाबले राम्रो प्रस्तुति पाइएको बताउनुभयो । ‘देवयानी हृदयले पढ्ने उपन्यास हो’ उहाँले भन्नुभयो ‘यसले एक पाना पल्टाएपछि अर्को पाना पल्टाउन मजबुर गर्छ ।’
समालोचक तथा कवि कुमारी लामाले देवयानीको मुख्य विषय प्रेम रहेको र यस्तो खालको विषय समाजले भोगिरहेको घटनामा केन्द्रित भएर लेखिएको सुनाउनुभयो । समारोहमा अभिनेता दिव्यदेव पन्तले चौधरीका साथ पुस्तकबारे संवाद गर्नुभएको थियो । आख्यानतिर आकर्षित भएकोबारे अभिनेता पन्तले राखेको जिज्ञासामा चौधरीले लेखन यात्रा पाँच दशक लामो भएपनि निरन्तर लेख्न थालेको तीन दशक भएको खुलाउँदै गीत र कवितापछि लघुकथा लेखनको अनुभवले आख्यानको संसारमा आकृष्ट भएको सुनाउनुभयो ।
एक प्रश्नको उत्तरमा चौधरीले भन्नुभयो, ‘अनादिकालदेखि आजसम्म कुनै चिजस्थिर रहेको छ भने त्यो हो प्रेम । हामी सबैले जाने बुझेको कुनै कुरा छ भने त्यो पनि प्रेम नै हो ।’ उपन्यासकार चौधरीले आफूले इमानदार भएर यो आख्यानकृति लेखेको बताउँदै कृति पाठकलाई सुम्पिएको बताउनुभयो । उक्त अवसरमा प्रकाशकका तर्फबाट साहित्यकार अन्विका गिरीले नेपाली समाजको छट्पटाहट उपन्यासमा आएको जिकिर गर्नुभयो । साहित्यकार चौधरीका गीत, कविता, गजल, निबन्ध गरेर दर्जनौं कृति प्रकाशित छन् । ‘देवयानी’ उहाँको पहिलो आख्यान कृति हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच