
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले नेदरल्यान्डसविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
स्कटल्याण्डको ग्लासगोमा भइरहेको खेलमा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको हो ।
आज नेपाल नेदरल्यान्डसलाई हराउँदै अघिल्लो खेलको बदलासहित प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । यस अघि सोमबार भएको पहिलो भेटमा नेपाल नेदरल्यान्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
सिरिजमा नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । भीम सार्कीले टी-२०आईमा डेब्यु गर्ने भएका छन् ।
यस्तो छ नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, आरिफ शेख, लोकेश बम,रुपेश सिंह, करण केसी र दीपेन्द्रसिंह ऐरी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच