
काठमाडौं । साउनको २३ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘मोहर’को गीत सार्वजनिक भएको छ । ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बोलको गीत निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको हो । सरद हुमागाईं र विशाखा साहीको स्वर रहेको गीतमा प्रमोद ढुंगानाको शब्दरचना छ भने संगीत सुरेश अधिकारीले गर्नुभएको हो ।
प्रेमिल गीतमा प्रेमीप्रेमिकाले एअर्काप्रति दर्शाएको प्रेमभाव छ । गीतमा चलचित्र मुख्य कलाकार पल शाह र नीति शाहलाई फिचरिङ गरिएको छ । यो चलचित्रलाई अभिनेतासमेत रहनुभएका ओम प्रतीकले निर्देशन गर्नुभएको हो । उहाँ आफैंले यो चलचित्रको कथा लेख्नुभएको हो । उहाँले समाजमा जरा गाडेर बसेको देउकी प्रथाविरुद्ध यस चलचित्रमार्फत आवाज उठाउँदै हुनुहुन्छ ।
पल र नीतिसँगै यो चलचित्रमा बेनिशा हमाल, बाल कलाकार सारा शर्मा, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडालगायतका कलाकारको अभिनय छ । फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको ‘मोहर’का निर्माता चुम्बनजंग शाही हुनुनुहुन्छ । रोशनजंग शाही चलचित्रका लाइन प्रोड्युसर रहनुभएको छ ।
कुमार महर्जनको एक्सन रहेको चलचित्रमा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच