
काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘जहाजैमा’ जापानिज अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्ने हुनुभएको छ । चलचित्र निर्माण पक्षले फिल्मकी मुख्य अभिनेत्रीका रूपमा जापानिज अभिनेत्री रजेल इचिमियाको नाम सार्वजनिक गरेको हो । निर्देशक चौलागाईंले चलचित्रमा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपूर्ण भए पनि रोचक हुने बताउनुभयो । सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्यमा पारदर्शी छातामुनि उभिएकी अभिनेत्री रजेलको शालीनता र सुन्दरता हेर्नलायक छ ।
रजेल जापानमा सक्रिय अभिनेत्री तथा मोडल हुनुहुन्छ । यसअघि निर्देशक कृषाले जापान पुगेका बेला समयमा रजेलसँगको तस्वीर शेयर गरे पनि यस विषयमा केही उल्लेख गर्नुभएको थिएन । कृषाले जापान पुगेर यो चिलचित्रको निर्देशन गर्ने सम्झौता गर्नुभएको थियो । अहिले उहाँ प्रि-प्रोडक्सनको काममा व्यस्त हुनुहुन्छ । यो चलचित्र यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईंले बनाउँदै हुनुहुन्छ ।
चलचित्रले नेपाल-जापान सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाइ छ । चलचित्रमा जापानिज अभिनेत्री हुने पक्का भए पनि अभिनेता कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाईंले हाल अभिनेता फाइनल गर्ने प्रक्रियामा नै आफूहरू रहेको सुनाउनुभयो । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्दै हुनुहुन्छ । यो चलचित्र सन् २०२६ मा रिलिज गर्ने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच