
भोजपुर। आन्तरिक राजस्व विभागका निर्देशक बासुदेव पौडेलले नागरिकले करसँग डराउनु नपर्ने बताउनु भएको छ । करसम्वन्धी प्रचलित नियम कानुन र बुझनु पर्ने कुराहरु बुझिएमा केही समस्या नहुने उहाँको भनाइ रहेको छ ।
आन्तरिक राजस्व विभाग र करदाता सेवा कार्यालय भोजपुरले बिहिवार जिल्ला सदरमुकाममा गरेको कर शिक्षा र अन्तरक्रिया कार्यक्रममा बोल्नु हुदै निर्देशक पौडेलले चाहिदाँ मात्र ब्यवसाय दर्ता गर्न आग्रह गर्नु हुँदै अनावश्यक भएका ब्यवसाय समयमा निवेदन दिएर बन्द गर्न पनि ब्यवसायीहरुलाई आग्रह गर्नु भयो । राज्यले जिल्ला जिल्लामा करदाता सेवा कार्यालयहरु खोलेको बताउँदै निर्देशक पौडेलले तोकिएको समयमा बिवरण बुझाउँदै समयमा कर दाखिला गर्न ब्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो ।
निर्देशक पौडेलले करदाताहरुको सुझाबलाई गम्भीरतापूर्वक लिइने र आगामी दिनमा कर प्रशासनलाई अझ जनमैत्री बनाउन पहल गरिने पनि बताउनुभयो ।
उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले कर सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । करदाताहरुले सेवा प्रक्रियामा पारदर्शिता, सहजता र आधुनिक प्रविधिको प्रयोग बढाउन तथा कर व्यवसायी मैत्री हुनुपर्नेमा अध्यक्ष मोक्तानको जोड थियो । उहाँले सवैले करसम्बन्धी प्रचलित नियम, कानुन बुझ्नुपर्ने पनि धारणा राख्नुभयो ।
उद्योग बाणिज्य संघको भोजपुरको समन्वयमा आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय भोजपुरले गरेका कार्यहरुका बारेमा प्रमुख शशी शाहले सहभागीलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा आर्थिक बिद्ययेक २०८२ ले ल्याएको छुट तथा सहुलियतका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा सहभागि करदाताहरुले कर प्रशासनसँग जोडिएका विभिन्न बिषयमा जिज्ञासा राख्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच