
गत जेठ २० गते मंगलबारबाट क्रमशः
एसएलसी परीक्षा जतिजति नजिकिँदै गयो हामीमा पढाइको चाप पनि उति-उति बढिरहेको छ । खगेन्द्र मोहनसँग बोल्न छाडेको लगभग महिना दिन भइसकेछ । अहिलेसम्म बीएससी सर पछि कुरा गरौला भनेर यो विषयमा मौन हुनुहुन्छ । हामी नित्य सरकोमा जान्छौ हाम्रो टाक्स गर्छौ र एकआपसमा जुध्न ठीक परेका गोरुझैँ आपसमा आँखा तर्दै फर्कन्छौ । यही क्रम चलिरहेको बेला अचानक सरले यो हप्ताका शनिबार सात बजे पनि आउनु भन्नुभयो । सरको यो बोलाहटलाई हामीले अतिरिक्त बोझ सम्झियौँ तथापि नाइ भन्न सकेनौँ । हामी शनिबार बिहान सातबजे नै सरकोमा पुग्यौँ । सर हामीलाई पर्खेर बस्नुभएको रहेछ । हामी पुग्ने बित्तिकै गुरुआमाले पहिलोपटक चिया दिनुभयो हामी छक्क पर्यौँ । सरले हाँस्दै आज पढ्न होइन मैले गफ गर्न तिमीहरूलाई बोलाएको तसर्थ तिमीहरू आजका लागि हाम्रा पाहुँना भन्नुभयो । हामी हास्यौ मात्र ।
हामीले चिया खाइसकेपछि सरले हाँस्दै आश्चार्य भावमा तिमीहरू किन बोल्न छाडेका अरे ! भनेर कुराको सिलसिला सुरु गर्नुभयो । रमेशले खररर सबै वृतान्त सुनायो । रमेशका कुरा सुनेपछि सर खगेन्द्र र मोहनतिर केन्द्रित हुनुभयो र उनीहरूले फष्ट डिभिजन ल्याउँदा तिमीहरूको नम्बर घट्छ र ? भन्नुभयो दुवै साथीले घट्दैन भने । त्यसो हो भने किन त्यस्तो क्षुद्र कुरा गरेको त ? सरले पुनः प्रश्न गर्नुभयो । उनीहरूले एकै मुख गरेर हामीले त्यसो भनेकै छैनौ सर भनेर प्रतिपाद गरेँ । त्यसपछि सरले तिमीहरूले गरेको होइन भने कुरा कसरी उब्जियो त ? प्रश्न गर्नुभयो । खगेन्द्रले मलाई देखाउँदै खै साथीहरू नै जानुन् भनेर पन्छियो । सरले मैले कसरी थाहा पाएँ त्यो पनि सोध्नुभयो । मैले साथीले सुनेर मलाई भनेको भनेँ । खगेन्द्रले बीचमा को साथीले भनेको भनेर प्रश्न गर्यो । मैले त्यो त भन्दिन भनेँ । मैले भन्दिनभन्दा सर हास्नुभयो र तिमी भन्दैनौ र साथीको विश्वासमा घात गर्दिन भन्छौ भने ठीक छ मोहन खगेन्द्रले भनेको छैन भनेको पनि मान्नुपर्छ भन्नुभयो । मैले हुन्छ-हुन्न केही भनिन म बोलिन । एकछिन चकमन्न छायो ।
आफ्ना बारेमा लेखिएका ती कृतिहरू पहुँचका आधारमा तारेदेखि पाँचतारे होटलमा राष्ट्रपतिदेखि मन्त्री, प्रधानमन्त्रीसम्मबाट विमोचन पनि गराए । परिणाममा यिनीहरूद्वारा लेखिएका नक्कली कृतिमार्फत तिनै मानिस रातोरात भ्रष्टाचारीबाट महान् समाजसेवी, राजनीतिक, कूटनीतिज्ञ र साहित्यकारमा परिणत भए । हिजो उसलाई भ्रष्टाचारी भनेर नथाक्नेहरू रातारात स्तुति गाउने भए ।
एकछिनपछि सरले हेर ! साथी भनेको यस्तो पवित्र नाता हो जो सर्वाधिक विश्वशनीय मानिन्छ । यसमा उचनिच जातजातीको भेदभाव रहँदैन । तिमीहरूले यो जीवनमा एकअर्कालाई साथीका रूपमा पाएका छौ तर एक अर्काको महत्व बुझेनौँ भन्नुभयो र एकछिन् चुपलाग्नु भयो । केहीक्षणपछि मित्र र मित्रता भनेको कस्तो चिज हो भनेर श्रीकृष्ण र सुदामाको उदाहरण दिँदै भगवान स्वयंलाई पनि मित्र र मित्रताको खाँचो भयो भने तिमी हामी मनुष्यका के कुरा गर्ने भन्नुभयो । मित्रता जीवनको अपरिहार्य तत्व हो त्यसैले यो बुझ्नेका लागि श्रीखण्ड नबुझ्नेका लागि खुर्पाको बिँड सदृश हो भनेर सर हाम्रा मुखमा हेरेर हास्नुभयो । सरको हसाइको अर्थ मैले हामीले खुर्पाको बिँड सम्झेको सरको आशय हो भन्ने ठानेँ । सरले यसरी बुझाएपछि कता कता मलाई व्यर्थमा झगडा गरिएछ जस्तो लाग्यो तर प्रतिक्रिया देखाइन ।
हामी निरुत्तर सरका कुरा सुनिरहेको देखेर सरले फेरि भन्न थाल्नुभयो नीतिशास्त्रले पनि ‘यस्य मित्रेण संभाषो यस्य मित्रेण संस्थितिः, यस्य मित्रेण संलापस्ततो नास्तीह पुण्यवान्’ अर्थात् जसको मित्रहरूसँग बोल-चाल छ, रहन-सहन छ, अनि मित्रहरूसँग गुप्त बात–चित हुन्छ ऊ समान सुखी वा पुण्यवान् यो संसारमा अरू कोही हुँदैन भनेको छ । तिमीहरू त जीवनमा कमाएको वा प्राप्त गरेको यत्रो उपलब्धि गुमाउन खोज्दैछौं ? ल खगेन्द्र ! तिमीलाई खेम रमेशले जस्तो गरेर कसैले बोलाउन सक्छ ? खगेन्द्रले कहाँसक्नु सर तर साथीहरू बुझ्दैनन् भनेर फिस्स हासो । उसको भनाइ सुनेर सर पनि हास्नुभयो र पुनः भन्न थाल्नुभयो यही मित्रता नै स्थिर र अमूल्य निधि हुन्छ मृत्युपर्यन्त तिम्रो लागि । अहिले तिमीहरूको अथवा बाल्यकालको मित्रताभन्दा पवित्र सम्बन्ध अरू कुनै हुँदैन । यो सम्बन्ध उद्गमस्थलबाट भर्खरै निस्किएको निर्मल जल जस्तै स्वच्छ र पवित्र हुन्छ भने यसभन्दा पछिका सम्बन्ध क्रमशः दूषित खहरे र खोला मिसिएर बग्ने अपेय जलका सागर समान हुन्छन् । मानिस जन्मदा पवित्र उद्देश्य लिएर जन्मेको हुन्छ तर क्रमशः स्वार्थ, लोभ र पापको भड्खालो भासिँदै जान्छ र स्वयं स्वार्थी बन्दछ । वास्तवमा काम, क्रोध, लोभ, मोह र अहंकार यी पाँच विकारको दूषणको मिश्रित परिणामले जब मानस ग्रसित हुन्छ त्यसबेला फोहोरी पानीले तिर्खा मेटेझँै मानिस त्यही विकारबाट प्राप्त उपलब्धिलाई जीवनको सार मान्दछ । मानिस अझ भ्रमवश त्यसैलाई जीवनको उपलब्धि भनेर परिभाषित गर्न पछि पर्दैन ।
मानिस जतिजति व्यवहारमा फस्दै जान्छ ऊ अज्ञानतावश विकारको मोहजालमा लपेटिएर लोभ र पापलाई आफ्नै छायाँका रूपमा स्थापित गर्दछ । त्यसैले श्रीमान्-श्रीमतीमा पनि केही न केही स्वार्थ अन्तर्निहीत हुन्छसम्म भनिन्छ । आमा जीवनको पहिलो साथी भएकाले कति प्रिय हुन्छिन् के तिमीहरू आमालाई बिर्सन सक्छौ ? आमा ! पहिलो साथी यस्तो पवित्र शब्द हो जसको महिमा जति गाएर सकिँदैन । त्यसैले ‘कुपुत्रो जायेत क्वचिदपी कुमाता नभवति’ भनिएको छ । यति भनेर हामीलाई अझ सहज तरिकाले बुझाउन होला सरले कैयौं मित्रताका बिम्ब स्थापित चलचित्रहरूको उदाहरण दिनुभयो अन्तमा सरले पूजाके फूूल चलचित्र कसैले रहेकाछौ ? सोध्नुभयो । हामी मौन रहृयौ । हाम्रो मौनता देखेर सरले प्रेम र निष्ठालाई सजीव रूपमा चित्रण गरिएको चलचित्र हो यो । कुनै पनि चलचित्र हलमा लागेको बेला अवश्य हेर्नु भनेर घडी हेर्नुभयो । यो घडी हेराइ सायद हाम्रो बिदाइको संकेत थियो । यति बेलासम्ममा सरका अर्र्तीले हामी सबैको चेत खुलेको आफू–आफूमै आभाष भइसकेको थियो ।
हाम्रो क्रिया कलापलाई राम्ररी निहारी रहनुभएको सरबाट हामीमा आएको परिवर्तन लुक्ने कुरा नै भएन । यही हाम्रो भनोभाव बुझेको हुनाले सायद हामीलाई अझ भावुक बनाउने उद्देश्यले हो कि ? सरले आजको ठीक पैतीस दिनपछि तिमीहरूको जाच सुरु हुँदैछ । जाँच सकिएर छुट्टिएपछि तिमीहरू मध्येबाटको कहाँ पुग्छ फेरि कहिले भेटहुन्छ वा नहुन पनि सक्छ ? तर, तिमीहरूको यो मिलन यो सौहाद्रता र मित्रता कहिल्यै हराउँदैन । यसभित्रको सुन्दर पक्ष अपनत्वको महत्व जति परिपक्व हुँदै गइन्छ उतिउति बुझ्दै गइन्छ र दिनप्रतिदिन प्रिय हुँदै जान्छ । अतः यति मिलेर बसेका साथीहरू अन्तिममा मनमा कलुष भाव बोकेर छुट्टियौ भने तिमीहरूलाई जीवन भर यो एउटा बोझ हुनेछ ।
तिमीहरू आफूलार्ई दाजुभाइका रूपमा सोचेर हेरत ! दाजुभाइ पनि बिहान झगडा गरेर बेलुका एकै खाटमा सुतिन्छ होइन र ? भन्दै दर्शन र तर्कले हाम्रो मन पगाल्नुभयो । र, त्यही पग्लिएको जगमा एकाएक हामी सबैलाई उठाउनुभयो र ल ! हिजोका सबै कुरा बिर्सिएर हात र गला मिलाएर एक अर्कासँग माफी माग भन्नुभयो । हामी बाहृय रूपले अप्ठ्यारो मान्दै सबै सबैले सरी भनेर एकआपसमा गला मिलायौ । यसैबेला हामीमध्ये फरासिलो साथी खगेन्द्रले ‘मैले भनेको होइनभन्दा साथीहरू मान्दैनन् ?’ भनेर फेरि चोखो हुन खोज्यो । मैले ‘चुपलाग यार खगेन्द्र ! सरका अगाडि फेरि दूधका साक्षी बिरालो हुन खोज्छस् ! भनेँ ।’ मैले यति भनिसक्दा खगेन्द्रले नरिसान हौ साथी भनेर गल्र्याम्म अंगालो मा¥यो । हाम्रो संवाद र पुनः हामीमा जागृत भएको सामीप्यता देखेर सबैबाट हासोको फोहोरा छुट्यो । हामी पाँचजना फेरि एक भयौं । सर हामीलाई भोलि समयमा आउनु भन्दै भित्र पस्नुभयो । हामी हाँस्दै हाम्रो बाटो लाग्यौ ।
भोलिदेखि हामी पूर्ववत ट्युसन जान थाल्याँै । हिजोसम्म नुन खाएका कुखुरा जस्ता हामीमा त्यस दिनदेखि बेग्लै स्फूर्तिको प्रादुर्भाव भयो । अब हामी पढ्नमै तल्लिन भयौ । समय तालिका अनुसार जाच पनि सुरु भयो । हामी उत्साहका साथ परीक्षा दिँदै गर्दा काठमाडौंमा प्रश्नपत्र आउट भएको खबरले सर्वत्र हल्लखल्ल मच्चियो । विद्यार्थीबीचमा त झन् चर्चाको विषय हुने नै भयो । यही हल्लखल्लको बीचमा एक दिन धरानमा पनि आउट भएको प्रश्न पत्र राधाका हातमा परेको खबर हामीले पायौं । यो खबर सुनेर हामी छक्क त पर्यौ-पर्यौ त्योभन्दा बढी खुशी भयौँ । किनकि राधा हामीसँग खहरेको धारामा त्यहाँ नभए बाटो हिँड्दा सधंै भेट हुने हलो हाय कि मित्र थिइन् । रमेश र म खुशी हुँदै राधालाई भेट्न गयौ । उनीसँग गएर हामीले विश्वासकासाथ प्रश्न पत्रहरू हामीलाई पनि सार्न दिने माग राख्यौ । हाम्रो कुरा सुनेर उनी अवाक् भइन मलीन आकृतिमा हाम्रा भनाइ सुनिन् । उनले निकै बेरपछि मलाई कसले यो आक्षेप लगायो मलाई थाहा छैन तर मसँग प्रश्नपत्र आएको छैन भनिन् र सततः किरिया खाइन् । हामीले उनको किरिया खानुलाई पनि बहाना सम्झँदै धेरै बेरसम्म फकायौ र गलाउन खोज्यौ तर उनी सारै विवश भएर हामीलाई अविश्वासी भन्दै उठिन् र जान तरखरमा लागिन् । राधाको यो रिसाइले हाम्रो मन परिवर्तन भयो र हामी यिनीसँग प्रश्नपत्र आएको कुरा असत्य मानेर उनीसँग माफी मागेर बाटो लाग्यौ ।
दुई दिनपछि माघ २ गते सुरु भएको परीक्षा सुचारु रूपले चलिरहँदै गर्दा कम्पलसरी म्याथको दिनभने बालिका विद्यालयमा सेन्टर परेका हामी पब्लिक हाइ स्कुलका विद्यार्थीका लागि काला बिरालाले बाटो काटेको कालो दिन सावित भएछ । त्यसदिन कुनै बाहिरको विद्यार्थीले गार्ड बस्नु भएका सरले प्रश्नपत्र बाड्दै गर्दा म्याथको प्रश्नपत्र सरका हातबात थुतेर सुपरिटेन्डेन्टका अगाडिबाटै भागेछ र बाहिर निकै वादविवाद छ । त्यस दिनको सुपरीटेन्डेन्टको छिनछिनको निरीक्षणले वास्तवमै हामीलाई हतोत्साहित गरिरहेको थियो । हामी परीक्षा सकेर बाहिर निस्कँदा हेडसर र सुपरिटेन्डेन्टसँग अफिसमा अलिक साह्रो बोलिरहनुभएको थियो । परीक्षा सकेको भोलिपल्ट पूर्वनियोजित बुबाको कार्यक्रम अनुसार म मेरा प्यारा साथीहरू, घरान र पब्लिक हास्कुललाई छोडेर बुबासँग पहिलो पटक कलकत्तातर्फ लागेँ र मेरो हाइ स्कुल जीवनबाट सदाका लागि अवकाश लिए ।
यसरी मैले बाल्यकालदेखि आफूले रचना गरेको पब्लिक हाइ स्कुलसम्मको इतिहासको पहिलो भाग पढिसक्नै लाग्दा इतिहास फेरि मेरो सामने उभियो र मलाई प्रश्न गर्यो कस्तो लाग्यो तलाई तेरै इतिहास ? मैले अलिकति च्याठ्ठिएर ‘कस्तो अधुरो इतिहास खै मेरो बाल्यकालका ती छिमेकी दाजुभाइ दिदीबैनीसँगका कृत्यहरू, खै मेरा लेक बेसीँहरू ? खोइ रोपाइँ र बेठीको रमाइला क्षणहरू ? खै आमाले मलाई कोक्रामा बोकेर खेत र घर धाएका पलहरू ? केही ढाटेजस्तो केही लुकाएजस्तो खोइ मेरी बैनी पार्वताको मृत्युमा आहात भएर म रूदै छुचुन्द्रे डाँडासम्म कुद्दाको क्रन्दन । खै भतिज मदनसँग चल्यो भनेर बुबाले दाम्लै दाम्लाले कुट्दाका सुम्ला, वेदना, आहात र मनका व्यथाहरू । अझ युवराज दाइसँग हुने विविध झडप । उहाँले मलाई पटक-पटक बेकुफ बनाएर कहिले प्रायः असम्भव विजयपुरको उकालोमा घोडा कुदेको भनेर मेरो थालको घ्यू चोरेर आफ्ना भातले छोप्ने, कहिले साँगुरी डाँडामा हेलिकेप्टर बसेछ सुनिनस् ! देखिनस् ? भन्दै तरकारी चोर्ने यावत् कुरा केही कतै छैनन् ?’ भनेँ ।
सुरुका सम्बन्ध उद्गमस्थलबाट भर्खरै निस्किएको निर्मल जल जस्तै स्वच्छ र पवित्र हुन्छ भने यसभन्दा पछिका सम्बन्ध क्रमशः दूषित खहरे र खोला मिसिएर बग्ने अपेय जलका सागर समान हुन्छन् । मानिस जन्मदा पवित्र उद्देश्य लिएर जन्मेको हुन्छ तर क्रमशः स्वार्थ, लोभ र पापको भड्खालो भासिँदै जान्छ र स्वयं स्वार्थी बन्दछ ।
शान्त मुद्रामा मेरा कुरा सुनिरहेको इतिहासले भन्यो, ‘त्यो पाटो अहिले यहाँ समावेश नै छैन । तेरो अहिलेको इतिहास भनेको तेरो विशुद्ध बालशिक्षा र पब्लिक हाइ स्कुलसम्मको यात्रालाई समेटेर तैले लेखेको इतिहासको ढड्डीबाट ए आइले तीन-चार मिनटमा उतारी दिएको सानो टिपोटमात्र हो ।’ म ए आइ भन्ने वित्तिकै तर्सिएँ र भनेँ कतै मेरो मौलिकता त हराएन ? इतिहासले भन्यो यो घोष्ट राइटर हो र मौलिकता हराउँछ ? यहाँ मैले केवल सम्बन्धित कुरामात्र मागेकोले उसले त्यही विषयमात्र सम्प्रेशण गरिदियो । यहाँ केवल तेरो मौलिकतामात्र छ भन्यो र मेरो चित्त बुझाउन खोज्यो । यसै बेला अलिक पर उभिएको एक भलादमी देखिने युवक आएर ‘बुबालाई घोष्ट राइटर चाहिएको हो र ? हजुरहरूको कुरामा घोष्ट राइटर भने जस्तो लाग्यो’ भन्यो । उसका कुरा सुनेर मैले भाइको परिचय ? भनेँ भाइले आफू लेखक भएको परिचय दियो । त्यो भाइले त्यति भन्ने वित्तिकै इतिहासले नक्कली मयूरको व्यापारी त होइन नि ? भनेर ठाडो प्रश्न गर्यो । भाइले यहाँले जे सम्झनुहुन्छ म घोष्ट राइटर हो भने । मैले ‘किन बाबु यहाँ विश्रान्तिमा तपाईं त जीवनको अर्कै पाटोमा रम्ने बेलामा यहाँ आउनुभएछ ?’ भनेँ । भाइले इमानदारीपूर्वक ‘एकजना बुबालाई भेट्न आएको’ भने । मैले ‘किन’ भनिन ।
घोष्ट राइटर भनेर चिन्ने वित्तिकै इतिहासले जंगिँदै ‘छैन भाइ छैन !’ भन्यो र ततर्किन थाल्यो । मैले इशाराले उसलाई शान्त पार्दापार्दै पनि उसले विस्तारै यो काइते कहाँबाट टप्केछ भनेर आफ्नो वेखुसी फुस फुसाहटमार्फत जाहेर गरिछाड्यो । इतिहासको यो व्यवहार मलाई अनौठो लाग्यो र मैले उसलाई भने किन ततर्केको आखिरी घोष्ट राइटर एक कलम जीवि नै हुन् । इतिहासले भन्यो, ‘यस्तै कलम जीविले त हाम्रो यर्थाथ कर्मलाई तहस नहस गरेर भावी पिँडीको इतिहासलाई अन्धकारमा पार्दैछन् । यिनीहरू गमलामा भएका फूल उखेलेर कागजका फूललाई यही असली फूल हो भनेर भ्रम छरिरहेका छन् ।’ मैले इतिहासको भनाइ अझै प्रष्ट पार्न चाहेँ र भन्न खोजेको के हो ? सिधै भन्न आग्रह गरेँ । उसले ‘जीवनमा मुसा मार्न नसकेकालाई हात्ती मार्ने र बिरालो मार्न नसक्नेलाई बाघ मार्ने बहादुर बनाइ दिन्छन् यिनीहरूले । यसरी क्षणिक लाभ र तुष्टिको परिणाम सत्य इतिहास विलोप भएर असत्य इतिहासले प्रश्रय पाइरेको छ’ भन्यो । इतिहासको असन्तुष्टि सुनेर ‘त्यसो त होइन उहाँहरू पनि त विवेकको परिधिभित्र रहेरै लेख्नुहुन्छ होला ?’ मैले राइटर भाइतिर हेर्दै भनेँ । राइटर भाइले भनेँ ‘म जे गर्छु निडर र सत्यवादी भएर गर्छु । त्यसैले म स्वीकार गर्दछु उहाँले भनेको केहीअंश सत्य छ ।’
यसैबेला लगभग मेरा समवयका विश्रान्तिका चौतारीमा बसेका केही व्यक्तिलाई देखाउँदै इतिहासले भन्यो, ‘ती मानिसहरूलाई चिन्दछस्’ । मैले भनेँ, ‘कतिलाई चिन्दछु तर सबैलाई चिन्दिन !’ । उसले भन्यो, ‘तिनीहरू सबै घोष्ट राइटरका मारमा परेका आफ्नो क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व हुन् ।’ उसका कुरा सुनेर राइटर भाइ मुस्कुराए । म सोचमा परेँ । इतिहासले मेरो मनस्थिति बुझेर ती मानिसका क्षेत्रका भ्रष्टाचारीले पद र प्रतिष्ठा र अनैतिकताका बलमा अथाहा पैसा कमाएर यिनीहरूलाई लेखाएर भनौ यिनीमार्फत आफ्नो नाममा कृति र जीवनी प्रकाशित गराए । त्यतिमात्र होइन आफ्ना बारेमा लेखिएका ती कृति पहुँचका आधारमा तारेदेखि पाँच तारे होटलमा राष्ट्रपतिदेखि मन्त्री प्रधानमन्त्रीसम्मबाट विमोचन पनि गराए । परिणाममा यिनीहरूद्वारा लेखिएका नक्कली कृतिमार्फत तीनै मानिस रातोरात भ्रष्टाचारीबाट महान् समाजसेवी, राजनीतिक, कूटनीतिज्ञ र साहित्यकारमा परिणत भए । हिजो उसलाई भ्रष्टाचारी भनेर नथाक्नेहरू रातारात स्तुति गाउने भए । र, यी बुढाहरूजस्ता असली समाजसेवी राष्ट्र सेवक, साहित्यकारहरू आज विचरा भएर नक्क्ली मयूरले मञ्चबाट कुर्लिएको श्रोता भएर देशभरिका चौतारीमा यसैगरी भेला भएर मकैको सातुखाँदै दिन काट्दैछन् ।’
इतिहासले यसो भन्दै गर्दा बुढाहरूका बीचमा अर्को खाइलाग्दो मानिस थपियो बुढाहरूले हत्तपत्त नमस्कार गरेँ । त्यो मानिसले लाजै नमानी गर्वसाथ फर्कायो र पल्याकपुलुक हेर्यो र हामीतिर बढ्यो । त्यो हाम्रा केहीनजिक आइपुग्न लाग्दा राइटर भाइ धनुष्टकारसहित उसका अगाडि पुगे । उसले उनलाई मुसारो थम्थम्यायो र एउटा झोला दिएर विदा भयो । भाइ फर्किर आए र बिदा मागे । मैले भाइलाई तपाईं निडर र सत्यवादी मान्छे यसलाई कतिमा महान् बनाउनुभयो भाइ भनेँ । उनले बुबालाई म असत्य भन्दिन बुबा ! सुरुमा योसँग हामीले बीस मागेका थियौँ तर उसले मिडियामा पनि ठूलो खर्च भएकाले दशभन्दा बढी दिन सक्दिन भनेर धेरैदिन सम्झौता भएन । हामी पनि डगमगाएनौ अन्ततः यातायात र खाजाका नाममा दुई थपिदियो र सम्झौता भयो त्यही सम्झौता अनुसारको बाँकी रमक यही हो भने । भाइका कुरा सुनेर हाँस्दै ‘अर्बांै भ्रष्टाचार गरेर बीस लाखमै नयाँ उचाइमा पुर्याउने तपाईंहरू आधुनिक भावी नै हुनुभए छ होइन त भाइ !’ मैले भनेँ । मेरा भनाइमा भाइले ‘अब ए आई समेतले यस्तो काम गर्न थालिसकेको जमानामा हामीले गरिखाँदा अन्यथा नहोला बुबा’ भनेर सरल उत्तर दिएँ र आफ्नो बाटो लागे ।
घोष्ट राइटर हिँड्ने वित्तिकै इतिहासले मुरमुरिँदै तथानाम गाली ग¥यो र आत्मतुष्टि लियो । म एक शब्द पनि बोलिन तर ती बुढाहरूलाई हेरेर भाव विवल भएँ । एकछिन् त्यो महान् व्यक्तिको फूर्तिलाई सम्झिँएर इतिहासलाई भने ‘तँ त उपत्ति सँगसँगै प्रादूर्भाव भएको प्रकृतिको प्रतिनिधि के यसको निदान तँसँग पनि छैन त ?’ उसले भन्यो, ‘समय बलवान हुन्छ । कंश, रावण, हिरण्य कसिपु पनि आफ्नो इतिहास लेखाएर दंग त परेकै थिए तर कालान्तरमा ती इतिहास कतै गाइएनन् ।’ म निरुत्तर गम्न थाले ।
मैले गमेर केही भन्नुपूर्व हातमा साझको बत्ती लिएर उषा तुलसी मठमा प्रकट भइन् र पुलुक्क मतिर हेरेर दीयो मठमा राखेर ध्यान गर्न थालिन् । मैले बुझेँ साँझ परेछ । इतिहास पनि मबाट अलप भइसकेछ । उठेर एकछिन् लालीमय आकाशलाई हेरेँ यो देखेर कताकता यौवनका दिनहरूलाई सम्झिएँ मन सारै आहृलादित भयो । म सूर्यास्तको रश्मि र बादलको लुकामारीमा आफ्नो अतीत खोज्न थालेँ । यसैबेला उषाले साझँ पर्न लाग्यो खाना खाने बेला भयो भन्दै मलाई तानिन् । उनको हातमा समाएर आमापछिको मेरो माया भन्दै म उनको पछि लागेँ मेरो भनाइ सुनेर हाँस्दै उनले ‘हजुरको यही लालपपमा त म एकाउन्न वर्षदेखी बत्तीको पुतलीझैँ झुम्मिएकी छु’ भनीन् । म केवल मुस्कुराएँ । त्यसपछि हामी हाँस्दै विश्रान्तिको झुपडीभित्र पस्यौ । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच