
काठमाडौं । इजरायल र इरानबीच विकसित पछिल्लो घटनाबीच इजरायलमा रहेका नेपालीको अवस्था मूल्यांकनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले त्यहाँस्थित नेपालीहरूसँग अन्तरक्रिया गरेको छ । त्यहाँस्थित दूतावासका राजदूतसहितको उपस्थितिमा भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलमा निकै संवेदनशील अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले इजरायलको अवस्था पहिलेका युद्धको समयमा भन्दा संवेदनशील छ, तर तोकिएका सुरक्षाका मापदण्ड अवलम्बन गर्दा त्यति असुरक्षा छैन, त्यसलाई चाहिँ मान्नुप¥यो, लापरबाही गर्नुभएन ।’ उहाँले इजरायल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्ड पालना गर्न र सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा नकारात्मक सामग्री पोष्ट नगर्न पनि अनुरोध गर्नुभयो । नेपाल फर्कन चाहनेलाई परराष्ट्र मन्त्रालयले जारी गरेको फारम भर्न पनि भण्डारीले आग्रह गर्नुभएको छ ।
त्यसैगरी, एनसिसी इजरायल महासचिव अलि मोहम्मद मियाँले इजरायली सरकारले निर्धारण गरेको सुरक्षा मापदण्डलाई कडाइसाथ पालना गर्न सुझाव दिनुभएको छ । उहाँका अनुसार हाल गाडी, पसललगायत सबै सेवा खुल्ला छन् र सामान्य सुविधा उपलब्ध छन्, तर युद्धका वेला अनिश्चितताबीच सतर्कता अपनाउन जरुरी हुन्छ । त्यहाँस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायल सरकारले भनेको र तोकेको सुरक्षाको मापदण्ड अपनाउन, सेल्टरमा बस्न आग्रह गर्नुभयो । नेपाल फर्कन चाहने नेपालीलाई परराष्ट्र मन्त्रालयले खुला गरेको फाराम भर्न सुझाउँदै उहाँले हालसम्म खासै कसैले तत्काल उद्धारका लागि अनुरोध नगरेको बताउनुभयो । राजदूत पण्डितले भन्नुभयो, ‘अहिलेसम्म कसैले तत्काल उद्धार गर्न भनेका छैनन् तर विराटनगरका मेयरज्यू र एक नेपाली चिकित्सकको लागि प्रक्रियागत काम हामीले गरेका छौँ भने केही ‘अनडकुमेण्टेड’ नेपालीले आफूहरू फर्कन चाहेको बताएका छन् । त्यसैले अब जसले फर्कन चाहन्छन् उनीहरूलाई फर्काउन पहल गर्न सहज होस् भनेर दूतावासले पनि फारम भराउन सुरु गरेको उहाँको भनाइ थियो । अन्तरक्रियाका क्रममा इजरायलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले आफ्नो अवस्थाबारे जानकारी गराउँदै तत्काल नेपाल आइहाल्ने मनस्थिति नरहेको बताएका थिए ।
एनआरएनएका केन्द्रीय महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणिन्द्र पन्त लगायतका पदाधिकारीले पनि आवश्यक सहयोगको प्रतिबद्धतासहित सुरक्षित रहन आग्रह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच