
काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । समग्रमा २१ अन्डर २६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई दुई स्ट्रोकले हराउँदै उहाँले उपाधि जित्नुभएको हो । राहुलले बिहीबार ५-अन्डर ६७ को स्कोर गर्नुभयो ।
राहुलले यो सिजनको दोस्रो उपाधि जित्नुभयो । यसअघि उहाँले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जित्नुभएको थियो । समग्रमा १९–अन्डर २६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो हुनुभयो । उहाँले ८-अन्डर ६४ को स्कोर गर्नुभयो । प्रोतर्फ पहिलो हुनुभएका उहाँले नगद तीन लाख प्राप्त गर्नुभयो । एमेच्योर सदभाव आचार्य समग्रमा १८-अन्डर २७० को स्कोरमा तेस्रो हुनुभयो । उहाँले ५-अन्डर ६७ को स्कोर बनाउनुभयो । उहाँ एमेच्योरतर्फ दोस्रो हुनुभयो ।
साबिक विजेता सुवाश तामाङ समग्रमा १५-अन्डर २७३ सहित चौथो हुनुभयो । उहाँले इभन-पार ७२ स्कोर गर्नुभयो । प्रो तर्फ उहाँ दोस्रो हुँदा नगद एक लाख ८५ हजार प्राप्त गर्नुभयो । भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४-अन्डर २७४ सहित पाँचौं स्थानमा रहनुभयो । उहाँले ६-अन्डर ६६ को उत्कृष्ट स्कोर गर्नुभयो । एमेच्योरतर्फ उहाँ तेस्रो हुनुभयो ।
धरानका प्रो निरज तामाङले १-ओभर ७३ स्कोर गर्नुभयो । समग्रमा १०-अन्डर २७८ सहित छैटौं हुनुभयो । प्रोतर्फ तेस्रो हुनुभएका उहाँले एक लाख २५ हजार नगद हात पार्नुभयो । उहाँ आगामी सिजनको नम्बर एक खेलाडी बन्नुभएको छ । उहाँले यो सिजन तीन उपाधिसहित सर्वाधिक आठ लाख ६७ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो हुनुभयो ।
दिनेश प्रजापति समग्रमा ९-अन्डर २७९ को स्कोरमा सातौं हुनुभयो । उहाँले २-अन्डर ७० स्कोर गर्नुभयो । प्रोतर्फ चौथो हुँदै नगद एक लाख पाँच हजार प्राप्त गर्नुभयो । शुक्रबहादुर राई समग्रमा ८-अन्डर २८० सहित आठौं हुनुभयो । उहाँले ५-अन्डर ६७ स्कोर गर्नुभयो । प्रो तर्फ पाँचौं हुनुभएका उहाँले नगद ९२ हजार हात पार्नुभयो ।
समग्रमा ३-अन्डर २८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँड्नुभयो । सञ्जयले इभन-पार ७२ र वाङ्चेनले २-अन्डर ७० मा खेल सकाउनुभयो । प्रो तर्फ छैटौं हुनुभएका सञ्जयले ८४ हजार प्राप्त गनुभयो । यस्तै रवि खड्का, धनबहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहनुभयो ।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो । जहाँ ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच