
काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।
अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेदरल्यान्डस दोस्रो स्थानमा छ भने तीनमा दुई खेलमा पराजित भएको स्कटल्यान्ड दुई अंकसहित तालिकाको पुछारमा छ।
सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो। पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो।
यो सिरिजमा ठुलो र सानो स्कोरको जस्तोसुकै खेल भए पनि नेपालको खेल हेर्न लायक छ। स्कटल्यान्ड भ्रमणपछि नेपाली क्रिकेटको चर्चा विश्वका मिडियामा भइराखेको छ।
पहिलो खेलमा नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १५२ रन बनाएपछि नेपालले ८ विकेटको क्षतिमा १५२ रन नै बनाउँदा खेल सुपर ओभरमा गएको थियो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाउँदा नेदरल्यान्ड्सले समान र दोस्रो सुपरओभरमा नेदरल्यान्ड्सले १७ रन बनाउँदा नेपालले समान रन बनाएपछि तेस्रो ओभरको पहिलो बलमा रोहित पौडेल पहिलो बल र रुपेश सिंह दुई डट खेल्दै तेस्रो बलमा आउट भएपछि नेपाल पराजित भएको थियो ।
नेपाल र स्कटल्यान्डबीच हुने अन्तिम खेल शुक्रबार साँझ ७ः४५ बजे सुरु हुनेछ।रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमदले अवसर पाइरहेका छन्। नेदरल्यान्डसविरुद्धको खेलमा भीम सार्कीले बिहीबार टी२०मा डेब्यु गरेका छन्।
तीन टोलीबिच लिग २को सिरिजपछि टी२० सिरिज भएको हो। लिग२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच