
काठमाडौं । रु. २१ लाख बराबरको बिगो रहेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प्रणवलाल सिंलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकार वादी रहेको उक्त मुद्दामा प्रतिवादी सिंलाई २ वर्ष कैद र बिगो बराबरको रकम तिर्ने सजाय तोकिएको थियो । उनी लामो समयदेखि फरार रहेका थिए ।
प्रहरीकाअनुसार काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका-२२ का स्थायी बासिन्दा तथा हाल महानगरपालिका-१३, छाउनीमा बसोबास गर्दै आएका ५२ वर्षीय प्रणवलाल सिंलाई खोजतलासका क्रममा मिति २०८२ साल असार ५ गते काठमाडौं महानगरपालिका-१३ कै क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच