
समाचार सारांश
-
६१ किलो सुन तस्करी प्रकरणमा फरार अभियुक्त अमला रोका काठमाडौंमा पक्राउ परेकी छन्।
-
उनी बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् र दुवैजनामाथि तस्करीको संलग्नता रहेको छ।
-
अमला पूर्व माओवादी नेतृ हुन् ।
काठमाडौं । सुन तस्करी प्रकरणकी फरार अभियुक्त अमला रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ । उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् ।
उनको खोजीका लागि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो । रोका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् । उनी पनि सुन तस्करीमा मुछिएका छन् । अनुसन्धानका क्रममा दावा छिरिङले काभ्रेबाट नेपाली नागरिकता समेत लिएको पाइएको थियो ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणको थप अनुसन्धानका लागि १९ दिनपछि विभागले सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।
निज रोकालाई सीआइबीको टोलीले काठमाडौँबाट आज पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोका ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । आज हाम्रो टोलीले पक्राउ गरेको छ । उनी पक्राउ परेका बारेमा हामी प्रेस विज्ञप्ति निकाल्ने तयारीमा छौँ ।” राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।
पक्राउ परेकी रोका काठमाडौँको ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता भएको बताइएको छ ।
अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच